१२ आश्विन २०८१, शनिबार
,
Latest
कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे लगानी गर्ने वातावरणलाई खुला छोडिदिनुपर्छ : पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे हनुमन्ते खोलाले ग्यास बुलेट बगायो, च्यासलमा जोखिम पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र प्रचण्डबीच एक घण्टाको भेटभाट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको कार्यभार सम्हाली रहेका छन् । राजनीतिक भेटघाटको काम पनि अध्यक्ष दाहालबाट भईरहेको छ । यसै क्रममा नेकपा अध्यक्ष प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टासम्म छलफल गरेका छन् । बिहान ९ बजे शितलनिवास प्रवेश गरेका प्रचण्ड १० बजेमात्र बाहिरिएका थिए ।

प्रचण्डले कार्यवाहक प्रधानमन्त्री एवम् पार्टीका अर्का प्रभावशाली नेता ईश्वर पोखरेलसँग पनि छलफल गरेको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारी र कार्यवाहक प्रधानमन्त्री पोखरेलसँग के विषयमा कुराकानी भयो भन्नेबारे नखुले पनि प्रचण्डको सचिवालयले भने दुवै भेटघाटमा समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।