१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी

सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी
अ अ+ अ-

काठमाडौँ : गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न भएको छ ।

पलेँटी झण्डै २२ वर्षअघि शुरु भएको लघु सांगीतिक कार्यक्रम हो ।

पलेँटीका संयोजक संगीतकार आभासले सञ्चालन गरेको कार्यक्रमलाई तीन खण्डमा विभाजन गरिएको थियो ।

पहिलो खण्डमा नीर शाहले जीवन र दर्शनसँग निकट रहेर रचेका शब्दहरू छानिएका थिए । विगतमा विभिन्न कण्ठशिल्पीहरूद्वारा प्रसिद्ध भएका गीतहरूलाई पलेँटीका गायक द्वय अभिज्ञा घिमिरे र रूपक चौधरीले आफ्ना स्वरमा सजाएका थिए ।

कार्यक्रमको थालनी ‘गहिराईमा डुब्दै नडुब’ बोलको गीतबाट भएको थियो । दोस्रो प्रस्तुतिमा ‘कहिलेकाहीँ म हाँस्छु, धेरैबेर हाँस्छु’ बोलको गीत रहेको थियो ।

मञ्चको मध्यभागमा बसेका नीर शाहले सर्जकहरूसँग भएका आफ्ना संस्मरणहरू चाखलाग्दो गरी सुनाएका थिए । कार्यक्रमको सुरुमा विगतका संगतहरू सम्झँदा उनी गम्भीर मुद्रामा देखिएका थिए । खासगरी नारायण गोपालसँगको आफ्नो संगत सम्झँदै गर्दा उनी गीतका हरफले बोक्ने भाव झैँ गहन देखिन्थे ।

नारायण गोपालकै सन्दर्भ चलिरहँदा उनले ‘गोल्डन काइट वर्ल्ड सङ फेस्टिवल’मा जाँदा सँगै यात्रा गरेको सम्झना गरेका थिए । त्यही यात्राको क्रममा नारायण गोपालले जगदम्बाश्री प्राप्त गरेको समाचार पाएको र नारायण गोपालले हँस्यौली पारामा पुरस्कार रकमको हिसाबकिताब गर्दै किनमेल गरेको सम्झना गरेका थिए ।

नारायण दाइले किनमेलका क्रममा ‘पी’ अक्षर अंकित सुनको लकेट किन्नुभएको थियो । जुन लकेट पेमला भाउजुको शव चितामा चढ्नु अघिसम्म गलामै देखेको थिएँ ।’ नीर शाह भावुक हुँदै नारायण गोपाल र पेमलाको प्रेम र समर्पणको सत्य कथा सुनाइरहेका थिए ।

कार्यक्रमको तेस्रो प्रस्तुतिमा नारायण गोपालकै कण्ठमार्फत प्रसिद्ध बनेको गीत ‘पर्खि बसेँ आउला भनी मेरो उठ्ने पालो’ प्रस्तुत भएको थियो ।

त्यसपछि नारायण गोपालभन्दा पछिल्लो पुस्ताका सर्जकहरूको चर्चासँगै ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाइदेऊ’ र ‘जून तारा जडेको’ बोलका गीतहरु प्रस्तुत भएका थिए ।

यस क्रममा निर शाहले गायक तथा संगीतकार दीप श्रेष्ठसँगको आफ्नो संगतका दिनहरू सम्झिए । रेस्टुरेन्टमा गीत गाइरहने उसबेलाका संघर्षरत दीप श्रेष्ठलाई सम्झिए ।
‘हामी एकअर्कालाई सोम भनेर सम्बोधन गर्छौं । प्राथमिक शिक्षा डिल्लीबजार विजय मेमोरियलमै पढे पनि उच्च शिक्षाको लागि म दार्जिलिङ गएँ । सायद दार्जिलिङको प्रभावले होला । हामी बीच सोम सम्बोधन चलेको । उसबेलादेखिको हाम्रो मित्रता अहिले पनि उत्तिकै प्रगाढ छ ।’

त्यसपछि शाहले ‘संगीत संगम’ र ‘प्रतिभाको डबली’ कार्यक्रमको सम्झना गरे । ती कार्यक्रमहरू कुनैबेला नयाँ प्रतिभाहरूको खोजीका निम्ति निर्माण गरिएका लोकप्रिय कार्यक्रम थिए । उनले तिनै कार्यक्रमले दीपक खरेल, उदित नारायण झा र शम्भुजित बास्कोटाको व्यक्तित्व निर्माणको लागि ठूलो योगदान पुर्‍याएको धारणा व्यक्त गरे ।

त्यसपछि ‘मैले मेरो माया छोडेर आएँ’ बोलको गीत प्रस्तुत भएको थियो । यो गीतको सन्दर्भसँगै नीर शाहले संगीतकार नातिकाजीको सम्झना गर्दै भने- ‘नाति दाइ मेलोडी सम्राट हुनुहुन्थ्यो । यस्तो लाग्छ, उहाँको जन्म संगीत गर्नकै लागि मात्र भएको थियो ।

यसै क्रममा शाहले प्रेमध्वजलाई सम्झँदै भने- ‘प्रेमध्वज दाइ लजालु स्वभावको गायक; सिनेमाको हिरोमा अफर हुँदा लजाएर भाग्नुभयो उहाँ ।’ चलचित्र ‘माइतीघर’को समय सम्झना गर्दै थिए नीर शाह । यसै क्रममा शाहले संगीतकार तथा अभिनेता शिवशंकरलाई सम्झिएका थिए ।

कार्यक्रम सञ्चालकले अर्को खण्ड रोमान्टिक गीतको भएको उल्लेख गर्दा नीर शाहले भने- ‘म अलि अनरोमान्टिक छु, यो रोमान्टिक शब्द सुन्दै म अलि नर्भस जस्तो हुन्छु । तर अब सुनाउन खोजिएको गीत चाहिँ मैले मेरो हनिमुन अवधिमा लेखेको गीत हो ।’ उनी मुसुक्क हाँसे । यो भनाइपछि दर्शक दीर्घामा भने हाँसोको फोहोरै छुट्यो। त्यसपछि प्रस्तुत भयो- ‘तिमीसँग डुङ्गामा घुम्दा घुम्दै फेवाताल’ ।

कार्यक्रम अघि बढ्दै जाँदा अर्को प्रस्तुति रहेको थियो- ‘हिउँभन्दा चिसो’ बोलको गीत । यो गीत डेनी डेन्जोङ्पाकै अनुरोधमा लेखिएको गीत रहेछ । डेनीले प्रवासमा रहेका र नेपालभित्रका नेपाली बीचको सम्बन्धलाई समेट्ने खालको गीत गाउने इच्छा व्यक्त गरेपछि नीर शाहको कलमबाट यो गीत जन्मिएको हुन्छ ।

कार्यक्रमको पछिल्लो चरणमा फिल्मी गीतहरूको प्रस्तुति रहेको थियो । यस क्रममा गीतकार शाहले फिल्मी गीतहरू स्वतन्त्र गीति लेखनभन्दा पृथक खालको प्रक्रियाबाट सिर्जना हुने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम सञ्चालकले फिल्मी क्षेत्रको अनुभवको कुरा कोट्याउँदा निर शाह ठट्यौली देखिन्थे – ‘फिल्मी क्षेत्रमा यति लामो समय बितिसक्यो त्यसका बारेमा कुरा गर्न थाल्यो भने त झण्डै महिना दिन पो लाग्छ होला । तयार हो ?’ उनको ठट्यौली प्रश्नले दर्शक दीर्घामा फेरि हाँसोको फोहोरा छुटेको थियो ।

फिल्मी गीतको प्रस्तुतिका क्रम ‘मेरी बसन्ती’ र ‘आँखैमा कसैको तस्बिर बसेछ’ बाट सुरु भएको थियो । दोस्रो गीतको प्रस्तुतिसँगै फेरि नारायण गोपालसँगको बसाइको चर्चा चलेको थियो ।

एक साँझ नारायण गोपालले आफ्नो घरमा अरुणा लामा को सत्कारमा डिनर आयोजना गरेका हुन्छन् । जसमा अम्बर गुरुङ, भूपी शेरचन, विश्वम्भर प्याकुरेल र नीर शाह निम्त्याइएका हुन्छन् । पेमलाका हातबाट बनेका परिकारसँगै खानपान सुरु हुन्छ र रमरम भएपछि नारायण गोपाल झ्याल खोल्ने आदेश दिन्छन् । कोठामा रहेका दुईवटै झ्याल खुल्छन् र बाहिरबाट मन्दमन्द चिसो हावा चल्न थाल्छ । भित्र सुरु हुन्छ महेफिल । हार्मोनियम गुरुङका सामु हुन्छ । तबला नारायण गोपालका सामु । अरुणा लामा आलाप लिँदै गीत गाउन सुरु गर्छिन् ।

त्यही क्षण सम्झना गर्दै निर शाह भाका नै गुनगुनाउँछन् एउटा प्रसिद्ध गीतको-

सबैले भन्थे लयालु फूल भई आँखामा फुल्छु
कर्मैले हजुर आँसुमा म फुलेँ

र सम्झन्छन् त्यही साँझ- ‘अघि खोलेका झ्यालबाट बाहिर हेर्दा छिमेकका झ्याल र भर्‍याङका खुड्किलामा समेत गीत सुन्ने मान्छेहरू देखिएथे । केहीबेरका निम्ति तर त्यही एउटै गीत पालोपालो तीनैजनाले निरन्तर गाइरहन्छन् । महेफिल बिहानको ४ बजेसम्म चल्छ । त्यस्तो अद्भुत गायन र अद्भुत महेफिल मेरो जीवनकै अविस्मरणीय क्षणमा पर्छ ।’

नीर शाहबाट एउटै गीतले घण्टौं चलेको महेफिलको वर्णन सुनेपछि दीर्घामा फेरि पनि हाँसो र रोमाञ्चकता फैलन्छ ।

त्यसपछि ‘यो साँझ यो सुभाष’, ‘जति निर्मल’ र ‘छोरी मलाई भागीभागी नसताऊ’ बोलका गीतहरू प्रस्तुत भएका थिए ।

कार्यक्रमको अन्त्य ‘के घर के डेरा’ फिल्मको ‘को हो त्यो जसले मलाई मोहनी लगायो’ बोलको गीतबाट भएको थियो । गीतको समापनपछि हस्यौलीपारामा नीर शाह जानकारी गराइरहेका हुन्छन्- ‘यो गीत त मैले नै लेखेको हो तर why don’t you ask your love लाइन चाहिँ मेरो होइन है । किन थपेको हो मैलाई थाहा छैन ।’ उनको प्रतिक्रियासँगै फेरि दर्शक दिर्घामा लामो हाँसो गुन्जन्छ र कार्यक्रमको बिटमर्छ ।

दर्शकदीर्घामा रहेका अभिनेत्री द्वय सनी र हनी रौनियार मञ्चतर्फ लम्कँदै भन्छन्- ‘वी लभ यु नीर अङ्कल !’ यहाँ पनि हाँस्य मिश्रित हाजिरीजवाफमा हुन्छन् नीर शाह- ‘आइ लभ माइसेल्फ टू ।’ शाहको ‘विट्टी’ स्वभावसँगै ‘आर’शालाबाट बाहिरिरहेका दर्शकहरू पनि हँसिलो मूडमा देखिन्छन् ।

‘शाह बहुगुणी लोकप्रिय कलाकार त हुन् नै, म भने उनको साहित्यिक पाटोको प्रशंसक बढी परेँ । उनले लेखेका गीतहरू सुनेर हुर्किएका हौं हामी…उनले नारायण गोपाल, अम्बर गुरुङ, अरुणा लामाहरूसँगका रमाइला संस्मरण सुनाए, हँसाए अनि भावुक पनि बनाए आज ।’ कार्यक्रमको दर्शक बनेका कार्टुनिष्ट राजेश केसीले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

यसपालिको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा मोहन राना मगर, बाँसुरीमा बुद्ध लामा, लिड र रिदम गिटारमा प्रविण पुलामी मगर, बेस गिटारमा कृपेश लोहनी, तबलामा मिलेश तण्डुकार र प्रकसनमा सुन्दर कुमार महर्जनको सहभागिता रहेको थियो ।