१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
अ अ+ अ-

दार्चुला। जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको भवन आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको छ ।

गत साउनको अन्तिम साता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले अनुगमन गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्देशन दिएपछि कामले गति लिएको हो ।

“पछिल्लो समय भवन निर्माणलाई तीव्र रूपमा अगाडि बढाइएको छ । चौथो तलाको ढलानको तयारी भइरहेको छ, असोज तेस्रो साताभित्र ढलान भइसक्नेछ”, सघन सहरी तथा भवन निर्माण आयोजना बैतडीका इञ्जिनियर विशाल श्रेष्ठले भन्नुभयो ।

अपाङ्गमैत्री, लिफ्टसहितको अत्याधुनिक सुविधासम्मन भवनको हालसम्म ६५ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तिय प्रगति भएको छ । “अहिले भुइँतला र पहिलो तल्लाको भित्री भागमा काम भइसकेको छ भने दोस्रो र तेस्रो तलामा काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल सरकारले सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत २०७८ साल असार २४ गते श्यामसुन्दर गोर्खा, वाईआर जेभीसँग निर्माणको ठेक्का सम्झौता भएको थियो । कुल रु २६ करोड ४८ लाख २७ हजार ४०४ को लागतमा बन्ने उक्त भवन विसं २०८१ असार २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि पुनःम्याद थप गरी आगामी पुस मसान्तसम्मको समय तोकिएको छ । थपिएको समयसीमाभित्र काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले कामलाई गति दिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । निर्माण कम्पनीलाई कार्यालयको तर्फबाट पनि ताकेता गरिएको उहाँले बताउनुभयो ।  रासस