१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा
रेसुङ्गा बिमानस्थल जाने सडक भासियो जनार्दन घिमिरे / गुल्मी समाचारदाता गुल्मी, ११ असोज (रासस) : अविरल वर्षाका कारण आज बिहान भासिएको गुल्मीको रेसुङ्गा बिमानस्थल जाने देउराली-सिमीचौर पक्की सडक । तस्बिर : जनार्दन घिमिरे/रासस
अ अ+ अ-

पाल्पा। चार दिनदेखि लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोले पाल्पाका सडक तथा पुलमा व्यापक क्षति पुगेको छ ।

मुख्य राजमार्गदेखि ग्रामीण सडकसम्म दर्जनौँ स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएका छन् भने कालीगण्डकी नदीमा आएको बाढीले पक्की तथा झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाएको छ ।

वर्षाका कारण कतिपय सडकको तल्लो भाग कटान भएर सडक भासिएको छ भने ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन अलपत्र पर्नुका साथै ग्रामीण क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तु, कृषि उपज तथा बिरामीलाई उपचारका लागि अस्पतालसम्म लैजानसमेत समस्या भोग्नुपरेको स्थानीय बताउँछन् ।

सिद्धार्थ राजमार्गमा ठूला सवारी रोकिए

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ्ग-राम्दी खण्डको माथागढी गाउँपालिका-१, चिदिपानी, धेरैनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । वर्षाका कारण सडकको तल्लो भाग कटान हुनुका साथै राजमार्गको करिब आधा भाग भासिएपछि आज बिहानैदेखि यातायात प्रभावित भएका स्थानीय शिशिर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग अवरुद्ध भएपछि स्याङ्जा र पोखराबाट बुटवलतर्फ तथा बुटवलबाट पोखरातर्फ जाने ठूला सवारीसाधन सडकमा अलपत्र परेका छन् ।

मोटरसाइकल तथा साना सवारीसाधनलाई भने सावधानीपूर्वक गन्तव्यतर्फ पठाइएको छ । सडकको तल्लो भागबाट जग निकाल्न नमिल्ने भएकाले माथिल्लो भाग कटान नगरी ठूला सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था नरहेको सडक डिभिजन पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यले बताउनुभयो ।

ग्रामीण सडक अवरुद्ध

रूपन्देहीको सालझण्डीबाट रैनादेवी छहराको सुन्दरेढुङ्गा जोड्ने सडकखण्डमा दर्जनौँ स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । रिब्दीकोट गाउँपालिकाको मुख्य सडकबाट मुझुङ-मैनादी जोड्ने मोटरबाटो पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको स्थानीय कृष्ण पोखरेलले बताउनुभयो । पूर्वखोला जोड्ने विभिन्न ग्रामीण सडक तथा माथागढी गाउँपालिकाको केन्द्रबाट रूपन्देहीको खैरेनी जोड्ने मोटरबाटो पहिरोका कारण प्रभावित भएका छन् ।

निस्दी गाउँपालिकाको केन्द्रसम्म जोड्ने करिब सात किलोमिटर सडकका १० ठाउँमा पहिरो खसेको छ । ढुङ्गानाबेँसी-मित्याल सडकखण्डमा पनि दर्जनौँ स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको सडक डिभिजनका निमित्त प्रमुख आचार्यले जानकारी दिनुभयो ।

तिनाउ गाउँपालिका-तल्लो कचलमा पहिरोका कारण चार दिनदेखि बजारसँगको सडक सम्पर्क विच्छेद भएको स्थानीय विपीन आचार्यले बताउनुभयो । सडक अवरुद्ध भएपछि स्थानीय तहले डोजर तथा अन्य साधन परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेका छन् ।

लगातारको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले पक्की तथा झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको छ । सडक डिभिजन पाल्पाका अनुसार रामपुर नगरपालिका-३, केलादीस्थित मोटरेबल पुल प्रभावित भएको छ ।

कालीगण्डकीको बाढी पुलभन्दा माथिबाट बगेपछि पुलका पाल्पातर्फका दुई स्पानमा क्षति पुगेको निमित्त प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार रामपुरदेखि मित्याल हुँदै पूर्वी नवलपरासीको अरुणखोला जोड्ने सडकखण्डमा पर्ने अर्को नदीमाथिको पुलमा समेत क्षति पुगेको छ । पुलमा क्षति भएपछि उक्त क्षेत्रमा आवागमन बन्द गरिएको छ ।

सडक र पुल अवरुद्ध हुँदा यातायातमा मात्रै नभई स्थानीयको जनजीवन र अर्थतन्त्रमा समेत प्रत्यक्ष असर परेको छ । बिरामीलाई समयमै अस्पताल पुर्‍याउन कठिनाइ हुनुका साथै किसानले उत्पादन गरेका दूध, तरकारी, खुर्सानीलगायत कृषि उपज बजारसम्म लैजान नसक्दा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको स्थानीय बताउँछन् ।

रिब्दीकोट र तिनाउ क्षेत्रका किसानका लागि अहिले खुर्सानी उत्पादन गरी बजारमा पठाउने मुख्य समय हो । तर सडक अवरुद्ध भएपछि खेतमा पाकेको खुर्सानी बजारसम्म लैजान नसकिएको किसान तथा व्यवसायीले बताएका छन् । स्थानीय कृषक विष्णुप्रसाद पोखरेलका खेतमा पाकेर राताम्य भएको खुर्सानी टिपेर बजार पुर्‍याउन नसक्दा खेतमै कुहिन थालेका छन् । सडक लामो समयसम्म नखुले उत्पादनमा थप क्षति हुने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

बाढीपहिरोबाट भएको क्षतिको विवरण संकलनसँगै सडक सञ्चालनका लागि स्थानीय तह तथा सम्बन्धित निकायले पहल थालेका छन् । पहिरो पन्छाउने, सडकमा थुप्रिएको माटो तथा ढुङ्गा हटाउने र क्षतिग्रस्त संरचनाको तत्कालीन मर्मत गर्ने काम भइरहेको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

खानेपानीसमेत अवरुद्ध 

वर्षाका कारण तानसेनको खानेपानी सेवासमेत प्रभावित भएको छ । लगातारको वर्षाका कारण खानेपानीका मुहान तथा पम्पिङ स्टेसन आसपास पहिरो गएपछि खानेपानी सेवा प्रभावित बन्न पुगेको हो । क्षति पुगेका ठाउँमा मर्मतको काम भइरहेकाले खानेपानी आपूर्तिमा केही समय ढिलाइ हुन सक्ने तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो ।

लगातारको वर्षाका कारण खानेपानीका मुहान तथा पम्पिङ स्टेसन आसपास पहिरो गएको छ । केही पम्पिङ स्टेसनमा क्षति पुगेको, वयल तथा ट्रान्सफर्मर  पुरिएको अवस्थामा रहेकाले तत्काल पानी सङ्कलन तथा पम्पिङ गर्न कठिनाइ भएको उहाँको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले सेवा सञ्चालन नहुँदासम्म उपलब्ध पानीको उचित व्यवस्थापन तथा सदुपयोग गर्न सबै उपभोक्तालाई आग्रहसमेत गर्नुभएको छ ।  रासस