१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी
अ अ+ अ-

लिभरपुल। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक भेलामा नेताको रूपमा पहिलो भाषण दिँदै ‘बेलायतलाई पहिलेको अवस्थामा फकाउने’ योजना प्रस्तुत गर्नुहुने स्थानीय सञ्चारमाध्यमहले जनाएका छन् ।

उहाँले राजनीतिज्ञहरूले ‘सामान्यतया टार्ने’ मुद्दाहरू समाधान गर्ने योजना सार्वजनिक गर्न लागेका उहाँ निकट नेताहरूले दावी गरेका छन् ।

प्रधानमन्त्रीका रूपमा केयर स्टार्मरको दुई वर्षे कार्यकाल अन्त्य गरी सत्तामा पुगेका ५६ वर्षीय म्यानचेस्टरका पूर्व नगर प्रमुख बर्नहमले बेलायती राजनीतिमा नयाँ तरङ्ग ल्याउनुभएको छ । उहाँ जुलाईमा डाउनिङ स्ट्रिट (बेलायती प्रधानमन्त्री)मा निर्वाचित हुन्ुभएको थियो ।

सरकारको आर्थिक अवस्था निकै कडा भएको बेला देशको पुनःऔद्योगिकीकरण र निःशुल्क सामाजिक हेरचाहजस्ता महत्त्वाकांक्षी र खर्चिलो वाचा कसरी पूरा गर्ने भन्ने स्पष्ट पार्न उहाँमा दबाब छ ।

एक दशकभित्र बेलायतको सातौँ प्रधानमन्त्री बनेका बर्नहमले लिभरपुलमा आफ्नो मुख्य सम्बबोधनमार्फत ‘एक पुस्तामा जनतालाई दिइएको भन्दा बढी गम्भीर योजना’ प्रस्तुत गर्नुहुने लेबर पार्टीले प्रेस विज्ञप्तिमा जनाएको छ ।

“म स्वीकार्छु,सबैजना यसका हरेक भागसँग सहमत हुनेछैनन्, तर म विश्वास गर्छु, यसले बेलायतलाई पूर्व अवस्थामा फर्काउन सक्छ,” सम्बोधन पूर्व जारी गरिएका भनाइमा प्रधानमन्त्रीले बताउनुभएको छ ।

लेबरको विज्ञप्तिअनुसार बर्नहमले दिउँसो २ बजे लेबर सांसद र कार्यकर्ताहरूलाई सम्बोधन गर्दा ‘देशका लागि स्पष्ट दिशा’ प्रस्तुत गर्नुहुनेछ ।

उहाँले ‘धेरै समयदेखि बेवास्ता गरिएका कठिन मुद्दाहरू’ माथि ध्यान दिनुहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसमा सामाजिक हेरचाह, युवा बेरोजगारीको उच्च स्तर र ‘ऊर्जा, पानी र आवासमा बढी सार्वजनिक नियन्त्रणको आवश्यकता’ समावेश छ ।

उहाँले बेलायतको विद्युत् ग्रिडमा लगानी गर्न नयाँ सरकारी निकाय पनि घोषणा गर्ने र यसले उच्च ऊर्जा मूल्य घटाउने प्रयास हुने बताइएको छ ।

जुलाई २० मा प्रधानमन्त्री बनेपछि (नौ वर्षपछि संसदमा फर्केको केही हप्तामै) बर्नहमले बढी आशावादी स्वर अपनाउने प्रयास गर्नुभएको छ।

मध्यपूर्व र युक्रेनका युद्धले बढाएको जीवनयापनको दबाबबाट जनतालाई केही ‘राहत महशुस गर्ने ठाउँ’ दिन उहाँले प्रयास गरिरहनुभएको छ र उहाँको मैत्रीपूर्ण व्यवहारले सार्वजनिक छवि बलियो बनाएको छ ।

मङ्गलबारको नयाँ युगोभ सर्वेक्षणले लेबरलाई प्रतिस्पर्धी रिफर्म युकेभन्दा पछाडि देखाएको थियो । सर्वेक्षणमा लेबरको मत प्रतिशत २४ छ भने कट्टर दक्षिणपन्थी, आप्रवासन विरोधी दलको २५ प्रतिशत छ ।