१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन

छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन
अ अ+ अ-

गुल्मी। वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै सञ्चालनमा आउन सकेको छैन ।

कालीगण्डकी गाउँपालिका-२ राक्सेमा गत बिहीबार राति सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउन वर्षा रोकिएपछि सोमबादेखि नै स्थानीय तह र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर र एक्साभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सडकखण्डअन्तर्गत विशेषगरी हर्मिचौर-अर्वेनी-पुर्तिघाट क्षेत्रमा चारदेखि पाँच स्थानमा ठूला ढुङ्गासहितको पहिरो खसेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको हो ।

शाखा सडकमा खसेका पहिरो स्थानीय तहले पन्छाइरहेको भए पनि मुख्य सडकमा सडक डिभिजन कार्यालयले तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो ।

“मुख्य सडकमा ठूलो पहिरो खसेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई‐तीन दिन लाग्न सक्छ”, अध्यक्ष थापाले भन्नुभयो । सडक चाँडो सञ्चालनमा ल्याउन सकिने सम्भावनाबारे स्थानीय प्रहरी चौकी पुर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोलीसमेत पहिरोग्रस्त क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा उक्त क्षेत्रबाट बागलुङ, पाल्पा, बुटवल, पोखरा आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन् ।

चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ । सदरमुकाम तम्घास आउजाउ गर्ने सेवाग्राहीसमेत मर्कामा परेका छन् । रासस