१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी
अ अ+ अ-
काठमाडौं । एसियाली विकास बैंकको सहयोगमा स्तरोन्नति भइरहेको मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना अन्तर्गत आबुखैरेनीदेखि पोखरासम्मको सडक निर्माणमा देखिएका मुख्य अवरोध समाधान भएसँगै कामले गति लिएको हो।

पश्चिम खण्डमा विद्युत् पोल स्थानान्तरण, मादी पुलको पहुँचमार्गका लागि जग्गा प्राप्ति तथा दमौली डिभिजन कार्यालयको भवन स्थानान्तरणमा देखिएको समस्या समाधान गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको सहजीकरणमा विद्युत् पोल स्थानान्तरणको काम सम्पन्न भएको छ भने मादी पुलको एप्रोच रोडका लागि आवश्यक जग्गासम्बन्धी विवाद पनि समाधान गरिएको छ। त्यसैगरी दमौली डिभिजन कार्यालयको नयाँ भवन निर्माणका लागि सहमति जुटाएर बोलपत्रमार्फत निर्माण प्रक्रिया अघि बढाइएको छ।

आयोजनाको पूर्वी खण्ड आबुखैरेनीदेखि जामुनेसम्मको निर्माण सम्पन्न भइसकेको छ। जामुनेदेखि पोखरासम्मको ३८.४१ किलोमिटर पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पश्चिम खण्डमा पुललगायतका मुख्य संरचना निर्माण भइसकेका छन् भने मुख्य चार लेन सडक निर्माणको काम पनि पूरा भएको छ। कुल ३८ किलोमिटर सर्भिस लेनमध्ये करिब ३२ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ। फुटपाथ तथा बाँकी करिब ६ किलोमिटर सर्भिस लेन निर्माणको काम भने पूरा गर्न बाँकी छ। विद्युत् पोल स्थानान्तरणको समस्या समाधान भएपछि यी काम पनि आगामी नोभेम्बरसम्म सम्पन्न गर्ने तयारी छ।

मादी आर्क ब्रिजको ३१० मिटर लामो संरचना निर्माण सम्पन्न भइसकेको छ। अहिले पुलको फिनिसिङ तथा पहुँच सडक निर्माणको काम भइरहेको छ। त्यस्तै, १९० मिटर लामो सेती पुलको करिब ७० प्रतिशत निर्माण सम्पन्न भएको छ। सेती पुलको बाँकी काम आगामी अप्रिलसम्म सम्पन्न गर्ने तालिका रहेको छ।

सडक सुरक्षालाई प्रभावकारी बनाउन जोखिमयुक्त पहिरोको दिगो रोकथामका लागि थप अध्ययन गरी ठेक्का प्रक्रियामा लैजाने काम पनि अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

यसैगरी, मुग्लिनदेखि आबुखैरेनीसम्मको करिब ८ किलोमिटर सडकखण्डमध्ये करिब ४ किलोमिटर सडक मर्स्याङ्दी नदीपारिबाट निर्माण गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ।

मुग्लिन–पोखरा सडक आयोजना सम्पन्न भएपछि पर्यटकीय सहर पोखरा तथा गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारका रूपमा रहेको यस सडकखण्डमा यातायात सहज हुनुका साथै यात्रा समयसमेत घट्ने अपेक्षा गरिएको छ।