१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतमा लामिछाने र युवराज कँडेलको बयान शुरु



अ+ अ-

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका युवराज कँडेलको बयान सोमबार शुरु भएको छ । आइतबार सोही अभियोगमा पक्राउ पर्नुभएकी अस्मिता भनिने रुकु कार्कीको बयान लिइएको थियो ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार कँडेलको बयानपछि रवि लामिछानेको बयान शुरु गरिने छ । त्यसलगत्तै थुनछेक बहस शुरु हुने उनले जानकारी दिए । बहसका लागि वादीका पक्षबाट तीन सरकारी वकिलका साथै जाहेरवाला तथा प्रतिवादीका तर्फबाट पाँच÷पाँच वकिलले बहस गर्ने जानकारी प्राप्त भएको र अन्य कानून व्यवसायी पनि थपिन सक्ने श्रेस्तेदार गिरीको भनाइ थियो । बहस सकिएपछि मात्र थुनछेक हुने–नहुने भन्ने आदेश जारी हुने बताइएको छ

पक्राउ परेकाहरुको समर्थनमा आइतबार प्रदर्शन भएपछि आज स्थानीय प्रशासनले अदालत र आसपासमा निषेधित क्षेत्र घोषणा गरी पाँच जनाभन्दा बढीलाई हिँडडुल गर्न रोक लगाएको छ । कडा सुरक्षा व्यवस्था हुँदा पनि विभिन्न चोकमा समर्थक जम्मा हुने क्रम शुरु भएको छ । मुलुकी अपराधसंहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुरमा उनीहरु विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको थियो । गत साउन २० गते नारायणगढको एक होटलमा पुडासैनीको झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।