१२ आश्विन २०८१, शनिबार
,
Latest
नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै पहिरोमा पुरिएर आमाछोरीको मृत्यु अविरल वर्षा :बाढीपहिरोमा परी छ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा श्रेष्ठ



अ+ अ-

काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम एकतापछि बनेको समाजवादी पार्टीमा आबद्ध समाजवादी विद्यार्थी सङ्गठनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन भएका छन् । ललितपुरमा आज आयोजित दुई विद्यार्थी सङ्गठन समायोजन कार्यक्रममा सर्वसम्मतिले श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति घोषणा गरेको छ ।

सङ्गठनको वरिष्ठ उपाध्यक्षमा रमेश यादव , उपाध्यक्षमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टङ्क धमला, सञ्जय राई र दीपेश यादव चयन भएका थिए । महासचिवमा बरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दङ्गाल छानिए ।

सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामबहादुर भण्डारी, सुजिव गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा तथा कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका थिए । समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतले नव गठित कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिएका थिए ।