२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो सम्पतिबारे अभिनेता बच्चनको यस्तो निर्णय



अ+ अ-

बलिउडका बादसाह अर्थात अमिताभ बच्चनले हालै मात्र ‘कौन बनेगा करोडपति’ को सेटमा आफ्नो सम्पत्तिका बारेमा एक महत्वपूर्ण खुलासा गरेका छन् । सोनी टेलिभिजनबाट प्रसारण हुने गेम रियालिटी शो ‘कौन बनेगा करोपति–११’ मा गत शुक्रबार कर्मवीर स्पेशल इपिसोडमा भारतीय समाजसेवीका सिन्धुताई सपकाल हटसिटमा थिइन् ।

बातचित गर्ने क्रममा बलिउड अभिनेता लमिताभ बच्चनले एक रहस्यमय कुरालाई सबैको अगाडि खुलस्त गरेका थिए । समाजसेवी सपकालको संघर्षमय जिवनी सुनेर अभिनेता लमिताभ बच्चन भावुक हुँदै भने,‘मैले पहिला पनि भनेको थिएँ र आज पनि भन्दैछु, जब म मरेर जान्छु, मर्नुभन्दा अगाडि मसंग जे जति सम्पत्ति बाँकी रहन्छ, धेर–थोर जति नै सम्पत्ति बाँकी रहे पनि त्यो सम्पत्ति मेरा दुई सन्तान छन्, एक छोरा र एक छोरी, उनीहरुलाई आधा–आधा बाँडेर दिनेछु, दुबैले बराबरी पाउने छन्, चाहे जे जति होस् ।’

उनको यो निर्णयलाई सुनेर सबैले तालि बजाएका थिए । हाल अभिनेता अमिताभ बच्चनसंग करिव ४ सय ६० करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । यो कुराको खुलासा अमिताभकी धर्मपत्नी जया बच्चनको निर्वाचन आयोगमा बुझाइएको पत्रबाट भएको हो ।