५ पुष २०८२, शनिबार
,
Latest
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमेरै नपुगी बच्चा जन्माउनेको सङ्ख्या बढ्दो



अ+ अ-

अछाम । चौरपाटी गाउँपालिकामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या धेरै रहेको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को तथ्याङ्कअनुसार गाउँपालिकामा २३.४६ प्रतिशत २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो । एक वर्षको अवधिमा वडा नं १ मा रहेको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा १६७ गर्भवती मध्ये ४१ जना उमेर नपुग्दै गर्भवती भएको तथ्याङ्क फेला परेको हो ।

यस्तै वडा नं २ र ३ स्थित सोकट स्वास्थ्य चौकीमा १२९ गर्भवती भएका मध्ये ३९ जना, वडा नं ४ पायल स्वास्थ्य चौकीमा ६४ गर्भवती भएका मध्ये ११ जना २० वर्षमुनिका रहेका छन् । गाउँपालिकाको वडा नं ५ लुंग्रा स्वास्थ्य चौकीमा भने २० जना गर्भवती भएका मध्ये एक जना मात्रै २० वर्षमुनि रहेको पाइएको छ । वडा नं ६ दुनीमा ६१ जना गर्भवती भएका मध्ये १३ जना र वडा नं ७ मार्कु स्वास्थ्य चौकीमा २० जना गर्भवती भएका मध्ये ५ जनाले उमेर नपुग्दै बच्चा पाएकोे तथ्याङ्क छ ।

एक वर्षको अवधिमा गाउँपालिकाका पाँच स्वास्थ्य चौकी र चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रको तथ्याङ्कअनुसार ४६१ गर्भवती भएका मध्ये ११० जना महिलाले उमेर नपुग्दै बच्चा पाएको देखिन्छ । स्वास्थ्य संस्थाको पहुँचमा नआई गर्भवती हुने र सुत्केरी गराउनेको सङ्ख्या स्वास्थ्य संस्थाको तथ्याङ्कमा उल्लेख नगरिएको चौरपाटी गाउँपालिका स्वास्थ्य संयोजक कमल साउदले जानकारी दिए ।

यस्तै साँफेबगर नगरपालिकामा पनि उमेर नपुग्दै बच्चा जन्माउने महिलाको सङ्ख्या १५.०७ प्रतिशत रहेको पाइएकोे छ । नगरमा १३ स्वास्थ्य चौकी र न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको तथ्याङ्कअनुसार एक हजार ५०६ गर्भवती भएका मध्ये २२७ जनाले उमेर नपुग्दै (२० वर्षमुनि) वच्चा जन्माएको नगरको स्वास्थ्य शाखा सह–संयोजक पुष्पबहादुर बुढाले जानकारी दिए ।

नगरपालिकामा उमेर नपुग्दै बच्चा पाउनेको सङ्ख्या धेरै देखिए पनि बयालपाटा अस्पतालमा अन्य स्थानीय तहका साथै छिमेकी जिल्लाको तथ्याङ्कसमेत रहेकाले बढी देखिएको सह संयोजक बुढाले बताए । गत आर्थिक वर्षमा बयालपाटा अस्पतालमा मात्रै ९३१ जना गर्भवती भएका मध्ये १६७ जनाले उमेर नपुग्दै बच्चा पाएका थिए ।

नेपाल सरकारले स्वास्थ्य सुधारका लागि ‘विहेवारी बीस पारि’ नारा दिए पनि उमेर नपुग्दै बच्चा जन्माउनेको तथ्याङ्कले चुनौती दिएको छ । कम उमेरमा गर्भवती हुनुमा जनचेतनाको कमी, परिवारको इच्छापूर्ण दबाब, सानै उमेरमा प्रेम गरेर भागी विवाह गर्नु र जबर्जस्ती विवाह गराइदिनु नै रहेको स्वास्थ्यकर्मीको भनाई छ ।

बीस वर्ष उमेर नभई गर्भवती हुँदा जटिल खालका समस्या उत्पन्न हुने गरेको चौरपाटी गाउँपालिका स्वास्थ्य सह–संयोजक साउदले बताए । उनले भने “उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, महिलामा पाठेघरको क्यान्सर र आङ खस्ने जस्ता समस्या हुने गरेको देखिन्छ ।”