५ पुष २०८२, शनिबार
,
Latest
सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले हस्तक्षेप नगरे बैंकमाथिको विश्वास समाप्त हन्छ: सांसद त्रिपाठी



अ+ अ-

काठमाडौं । निजी बैंकहरु बैंक नभएर साहुजस्तो भएको सांसद हृदयश त्रिपाठीले आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै त्रिपाठीले बैंकहरुले स्वच्छ बैंकिङ कारोबार नगरेको आरोप लगाएका हुन् । उनले भने, ‘निजी क्षेत्रका बैंक, बैंकभन्दा साहूको रुपमा परिणत भए, आफूलाई साहूको रुपमा प्रस्तुत गरे ।’ उनले भने,’कसैको जमानी राम्रो छ जग्गा राम्रो छ भने त्यसलाई आफ्नो हातमा कसरी पर्ने भनेर लाग्छन्, यही कारणले बुटबलमा मात्र २ जनाले आत्महत्या गरिसके ।’

नेपाल राष्ट्र बैंकले बैंकहरुको नियमन राम्रोसँग गर्न नसकेको भन्दै उनले यस्तै अवस्था रहेमा बैंकहरुमाथि सर्वसाधारणको विश्वास समाप्त भएर जाने बताए । आफूले अध्ययन गर्दा हाल तीनवटा बैंकका सीईओ कुनै बेला सामान्य कर्मचारी हुँदा बैंकिङ कसूरको आरोप लागेको व्यक्ति नै रहेको सांसद त्रिपाठीले बताए ।

बैंकहरुले राम्रो धितोलाई जसरी पनि हात पारेर ऋण लगानी गर्ने र चर्को ब्याज असुलीबाट सर्वसाधारणलाई समस्यामा पारेको जसकारण जिल्ला जिल्लामा घरवारविहीनको संख्या बढ्दै गरेको सांसद त्रिपाठीले जिकिर पनि गरे । बैंकहरुलाई यसरी नै छाडा छो्ने हो भने र राष्ट्र बैंकले हस्तक्षेप नगर्ने हो भने बैंकमाथिको विश्वास समाप्त भएर जाने उनले बताए ।