११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
अ अ+ अ-

कास्की। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको ‘जेटस्की’ उद्धार बोट (डुङ्गा) सञ्चालनमा ल्याइएको छ ।

फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले आजदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रतिघण्टा १०५ किमी गतिमा सञ्चालन हुनछ ।

विश्व पर्यटन दिवसको अवसर पारेर उद्धार बोट सञ्चालनमा ल्याइएको हो  । संयुक्त अरब इमिरेट्स (युएई)ले विपद् उद्धारका लागि सशस्त्र प्रहरी बललाई उपलब्ध गराएका दुई वटा बोटमध्ये एउटा पोखराको फेवातालमा ल्याइएको सशस्त्र प्रहरी बल, कालिका गण पोखराका गणपति प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बोट फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा खटिएको सुरक्षा टोलीसँग रहनेछ । पानीमा तीव्र गतिमा आवतजावत, ‘वाटर सर्च’, ‘रेस्क्यु’, आपत्कालीन उद्धार तथा ‘वाटर पेट्रोल’का लागि बोट उपयोगी हुने उहाँले बताउनुभयो ।

“फेवातालमा स्थापना गरिएको सशस्त्र प्रहरीको उद्धार टोलीले आवश्यकताअनुसार उक्त बोट प्रयोग गरी उद्धार कार्य गर्नेछ । उच्च गतिमा पानीमा आवतजावत गर्न सक्ने भएकाले दुर्घटना वा आपतकालीन अवस्थामा उद्धार टोलीलाई घटनास्थलमा छिटो पुग्न सहयोग पुग्नेछ”, प्रहरी उपरीक्षक सिंहले भन्नुभयो ।

बोटको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा उद्धार कार्यलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउन उद्धार बोटले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

“फेवातालमा आउने छालको पूर्वअनुमान गर्न नसकिएको भएकाले आपतकालीन अवस्थामा छिटो उद्धार गर्न सकिने उच्च क्षमताको बोट सञ्चालनमा आउनु फेवातालको सुरक्षा व्यवस्थाका लागि महत्त्वपूर्ण उपलब्धि हो । पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटको सुरक्षा पहिलो प्राथमिकता दिएका छौँ”, प्रमुख आचार्यले भन्नुभयो ।

प्रमुख आचार्यले फेवातालमा आउने पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्नु पर्यटन प्रवर्द्धनसँगै स्थानीय सरकारको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी तथा पर्यटनसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता थियो । रासस