५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदर्शनकारीलाई छाडियो



अ+ अ-

चितवन । कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो । यसैबीच पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताका छन् ।

यस क्रममा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उनले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको बताए । सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।