१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा
अ अ+ अ-

रसुवा। भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीय जनजीवन कष्टकर बनेको छ ।

सडक यातायात ठप्प हुँदा जिल्लामा खाद्यान्न सङ्कट गहिरिन थालेको छ भने स्थानीय कृषक र व्यवसायीहरू आर्थिक मारमा परेका छन् ।

बाढी गएको एक महिना बितिसक्दा यातायात सञ्चालन हुन नसक्दा रसुवागढी तथा आसपासका क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको हाहाकार हुन थालेको स्थानीय बासिन्दाहरू बताउँछन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा सीमावर्ती क्षेत्रका होलसेल व्यापारीहरू प्रभावित भएको रसुवा ठूलो भार्खुका व्यापारी किप्पा छिरिङ तामाङ बताउनुहुन्छ । उहाँका अनुसार बाढी आउनु अगाडि सहज रूपमा सामान ढुवानी हुने गरेको र बजार मूल्य सस्तो थियो ।

“सडक नहुँदा सामान ल्याउनै सकिँदैन, पाइहाले ढुवानी खर्च मात्रै प्रतिपटक रु ५० हजारभन्दा बढी लाग्ने गरेको छ । अहिलेको अवस्थामा सरकारले राहत बाँड्नुभन्दा सडक सञ्जाललाई तत्काल जोडिदिए हामी व्यापारी र आम उपभोक्ता दुवैलाई सहज हुने थियो”, उहाँले भन्नुभयो ।

अर्का स्थानीय व्यवसायी सुन्दर श्रेष्ठको अनुभव उस्तै छ । पहिले मागअनुसार सहजै सामान भित्रिने र ढुवानी खर्च सस्तो पर्ने गरेकामा अहिले अवस्था पूर्णरूपमा बदलिएको उहाँ बताउनुहुन्छ । भौगोलिक रूपमा विकट यस क्षेत्रका किसानले वर्षभरिको खर्च धान्न व्यावसायिक रूपमा लगाएको बन्दाकोपी (काउली) सडक अवरुद्ध भएकै कारण बजारसम्म पुर्‍याउन सकिएको छैन । रसुवाको गतलाङमा फलेको लाखौँ मूल्य बराबरका बन्दाकोपी बारीमै कुहिएको छ ।

गत्लाङका स्थानीय फुर्पु सिङ्गी तामाङले दुःख व्यक्त गर्दै भन्नुभयो, “बाढी गएको एक महिना बित्यो । राहतले केही महिना पुग्ला तर सधैँ पुग्दैन । कृषि उपज बजारमा लैजान नपाउँदा लगानी डुब्यो । त्यसैले अहिले राहतभन्दा सडक सञ्जाल सञ्चालनमा ल्याउन प्राथमिकता दिनुपर्छ ।”

सडक सञ्जाल विच्छेद हुँदा स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ । जटिल प्रकृतिका बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान सडक नहुँदा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार गरिब तथा विपन्न नागरिकका लागि हेलिकप्टरको खर्च धान्न असम्भव प्रायः छ । तामाङले भन्नुभयो, “जटिल बिरामी पर्दा पैसा हुने हेलिकप्टरमार्फत काठमाडौँ जान्छन्, तर पैसा नहुने गरिब गाउँमै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैले जति सक्दो चाँडो सडक खुलाउनुको विकल्प छैन ।”

दैवी प्रकोप उद्धार समिति रसुवाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार सडक सञ्जाल पुनः जोड्नका लागि नुवाकोट र अन्य क्षेत्रबाट एस्काभेटर (डोजर) ल्याएर सडक खुलाउने काम निरन्तर भइरहेको छ । प्रजिअ पाण्डेले भन्नुभयो, “सडक खुलाउने काम भइरहेको छ ।

डाइभर्सन तथा पुल बनाउन केही समय लाग्ने देखिएको छ । निरन्तरको वर्षाका कारण काममा केही ढिलाइ भए पनि स्थानीय प्रशासनको समन्वय तथा सहकार्यमा सडक खुलाउन तीव्र रूपमा काम भइरहेको छ । रासस