१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड

जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड
अ अ+ अ-

जनकपुरधाम। जनकपुरधाममा प्रत्येक वर्ष हर्षोल्लासपूर्वक मनाइने दशैँ पर्वलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उद्देश्यले सरोकारवालाहरूबीच वृहत सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।

महावीर युवा कमिटी र राम युवा कमिटीको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रममा मन्दिर परिसरमा हुने श्रद्धालुको भीड व्यवस्थापन र पूजाआजालाई सुव्यवस्थित पार्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको हो ।

दशैँको अवसरमा जनकपुरको राजदेवी मन्दिरमा बोकावली र पूजाआजाका लागि श्रद्धालुको ठूलो भीड लाग्ने गर्दछ । यस वर्षको चाडपर्वलाई सुरक्षित बनाउन मन्दिर परिसरको सरसफाइ, श्रद्धालुको सहज आवागमन र सुरक्षा प्रबन्धमा विशेष ध्यान दिनुपर्ने आवश्यकता सहभागीहरूले औँल्याएका छन् ।

छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले धार्मिक परम्पराको संरक्षण गर्दै श्रद्धालुलाई सुरक्षित वातावरण प्रदान गर्न जिल्ला प्रशासन कार्यालय प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले सुरक्षा निकाय र स्थानीय समुदायबीचको समन्वयले मात्रै चाडपर्वलाई सभ्य र व्यवस्थित बनाउन सकिनेमा जोड दिनुभयो ।

यसैबीच, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले देशको पछिल्लो आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै चाडपर्वको भव्यता कायम राख्न सरकारी तवरबाट बजेट व्यवस्थापनको आवश्यकता औँल्याउनु भयो । उहाँले वर्तमान आर्थिक मन्दीको प्रभाव चाडपर्वमा समेत देखिएकाले यसको व्यवस्थापनमा राज्यको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

छलफलमा सहभागी स्थानीयवासी, धार्मिक अगुवा र युवा प्रतिनिधिहरूले अघिल्ला वर्षका अनुभवबाट पाठ सिक्दै भीड व्यवस्थापनलाई चुनौतीपूर्ण कार्यका रूपमा लिएको र त्यसको पूर्वतयारी अहिले नै गर्नुपर्ने धारणा राखेका थिए । —न्युज एजेन्सी नेपाल