१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक भोटेकोशी नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै

अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै
अ अ+ अ-

काठमाडौँ। दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौं उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ ।

वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्रायः रहेको उपत्यकाको चहलपहल पुनः सामान्य अवस्थामा फर्किन थालेको हो । बिहीवार र शुक्रवार मुलुकभरजसो परेको भारी वर्षाले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित पारेको थियो ।

निरन्तरको वर्षाका कारण सडक आवतजावत, दैनिक कामकाज र व्यापार–व्यवसायमा समेत सुस्तता देखिएको थियो । शनिवार बिहानैदेखि वर्षाको क्रम रोकिएर घाम लाग्न थालेपछि जनजीवनमा केही सहजता महशुस गरिएको छ ।

यद्यपि, मौसम अझै पूर्णरूपमा स्थिर भइसकेको छैन । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार देखिए पनि पूर्ण रूपमा ढुक्क हुने अवस्था नरहेको जनाएको छ । विभागकाअनुसार केही स्थानमा अझै पनि छिटपुट वर्षा हुने सम्भावना कायमै रहेको छ ।

विभागले पछिल्लो दुई दिनको वर्षाका कारण जमिन गलिसकेको र नदीनालाको बहावमा केही परिवर्तन हुनसक्ने भन्दै विशेष शतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ ।

विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दा र पहिरोको उच्च जोखिम भएका स्थानमा बसोवास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।

आगामी केही दिनसम्म मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर दैनिक गतिविधि गर्न विभागले अनुरोध गरेको छ । पूर्वबाट क्रमशः वर्षा गराउने मौसम पश्चिमतिर सरेकाले पश्चिम क्षेत्रमा शतर्कता अपनाउन आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल