१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य

टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य
अ अ+ अ-

काठमाडौँ। टर्कीले आगामी पाँच वर्षभित्र ५० लाख र दश वर्षभित्र १ करोड मानवरहित हवाई सवारी साधन (युएभी÷ड्रोन) उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।

‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासका क्रममा टर्कीका चिफ अफ जनरल स्टाफ सेल्चुक बायरक्तारोग्लुले देशको रक्षा उद्योगको उत्पादन क्षमताले यो लक्ष्य हासिल गर्न सक्षम रहेको बताउनुभएको हो ।

हालै सम्पन्न ‘डेनिजकुर्डु–२०२६’ सैन्य अभ्यासमा बोल्दै जनरल बायरक्तारोग्लुले आधुनिक युद्धमा मानवरहित प्रणालीको भुमिका भविष्यमा अझ निर्णायक हुने स्पष्ट पार्नुभयो ।

उहाँकाअनुसार टर्कीले समुन्द्रमा मानवसहित र मानवरहित दुवै प्रणालीको समन्वयात्मक प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

टर्कीको रक्षा उद्योग पछिल्ला वर्षहरूमा ड्रोन प्रविधिमा विश्वमै उदाउँदो शक्तिका रूपमा देखिएको छ । बायरक्तारोग्लुकाअनुसार विद्यमान औद्योगिक पूर्वाधार र प्राविधिक दक्षताले तोकिएको समयसीमाभित्र नै यो विशाल उत्पादन लक्ष्य भेट्टाउन मद्दत गर्नेछ ।

यसैबीच, आईतवारदेखि शुक्रबारसम्म सञ्चालन भएको ‘डेनिजकुर्डु–२०२६’ अभ्यास कालो सागर, मारमारा सागर, एजियन सागर र पूर्वी भूमध्यसागरमा केन्द्रित थियो ।

यस अभ्यासमा करिब १४ हजार सैन्य जनशक्ति, एक सयवटा जलसैनिक जहाज र ५० वटा विमानहरूले सहभागिता जनाएका थिए ।

समुन्द्री सुरक्षा र आधुनिक प्रविधिको प्रयोगलाई परीक्षण गर्ने उद्देश्यले गरिएको यो अभ्यासमा ड्रोन प्रविधिको भुमिकालाई निकै महत्त्वका साथ हेरिएको छ ।

रक्षा विश्लेषकहरूका अनुसार, टर्कीको यो घोषणाले विश्वव्यापी हतियार बजारमा ड्रोनको माग र आपूर्तिमा टर्कीको प्रभावलाई थप विस्तार गर्नेछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल