१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया

न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया
अ अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले न्यूयोर्कमा नेपाली डायस्पोराका सदस्यहरूसँग अन्तरक्रिया गर्नुभएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपालको विकास यात्रामा नेपाली डायस्पोरालाई महत्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै मुलुकको विकासमा डायस्पोराको थप योगदान आवश्यक रहेको बताउनुभयो।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदुतावाद्वारा आयाेजित कार्यक्रममा डायस्पोराका केहि प्रतिनिधि सदस्यहरूले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापन तथा नेपालको विकासमा डायस्पोराको सम्भावित योगदानका विषयमा प्रस्तुति दिएका थिए।

मन्त्री खनालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पुँजी र सञ्जाललाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो।

उहाँले डायस्पोरासँग सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उनीहरूको योगदान अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।