१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा

विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा
अ अ+ अ-

काठमाडौँ। अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल (कनेक्टिभिटी) मा एशिया–प्रशान्त क्षेत्रका विमानस्थलहरूले विश्वमै अग्रणी स्थान ओगटेका छन् ।

विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ओएजी’ ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार विश्वका शिर्ष २० कनेक्टिभिटी भएका विमानस्थलमध्ये आठवटा एशिया–प्रशान्त क्षेत्रकै परेका छन् ।

ओएजीद्वारा जारी ‘मेगाहब्स’ प्रतिवेदनअनुसार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल विश्वभरमै चौथो तथा समग्र एशियाली क्षेत्रमा पहिलो स्थानमा रहन सफल भएको छ । उक्त विमानस्थलबाट हाल विश्वका १५४ वटा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा प्रत्यक्ष हवाई सम्पर्क कायम रहेको प्रतिवेदनले देखाएको छ ।

यसले दक्षिणपूर्वी एशियाली उड्डयन बजारलाई विश्व सञ्जालसँग जोड्न क्वालालम्पुरले खेलेको रणनीतिक भुमिकालाई पुष्टि गर्दछ । प्रतिवेदनमा औंल्याइएअनुसार एशिया–प्रशान्त क्षेत्रका शिर्ष १० विमानस्थलहरूमा कुनै एउटा मात्र प्रमुख वायुसेवा कम्पनीको एकाधिकार न्युन रहेको छ ।

यहाँका शिर्ष विमानस्थलहरूमा प्रमुख विमान कम्पनी (डोमिनेन्ट क्यारियर) को औसत हिस्सा ३३ प्रतिशत मात्र रहेको पाइएको छ, जुन विश्वका अन्य विकसित क्षेत्रहरूको तुलनामा निकै कम हो । यसले उड्डयन बजारमा एकल वर्चश्वको सट्टा तिब्र र स्वस्थ प्रतिष्पर्धा रहेको स्पष्ट पार्छ ।

ओएजीका विश्लेषकहरूकाअनुसार दक्षिणपूर्वी तथा उत्तरपूर्वी एशियाली मुलुकहरूमा पूर्ण–सेवा प्रदायक (फुल–सर्भिस) तथा बजेट एयरलाइन्स (लो–कस्ट क्यारियर) दुवैको सन्तुलित र प्रभावकारी उपस्थिति रहेको छ ।

विभिन्न वर्ग र आवश्यकताका यात्रुहरूलाई लक्षित गरी सञ्चालन गरिएका यी विविध वायुसेवा कम्पनीहरूको उपस्थितिले गर्दा नै यस क्षेत्रमा हवाई सम्पर्क सञ्जाल सर्वाधिक फराकिलो र सुदृढ बन्न पुगेको निष्कर्ष प्रतिवेदनको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल