१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित छात्रावास भवन अलपत्र



अ+ अ-

सिरहा । उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ । प्रदेश सरकारको रु ९० लाखको लागतमा सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन दलित छात्रावास अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण सकिने गरी निर्माण थालिएको उक्त छात्रावास भवन अलपत्र पर्दा छात्रावास भवनको रु ३९ लाख रकम फ्रिज भएको पूर्वधार विकास कार्यलयका इञ्जिनीयर पशुपति साहले जानकारी दिनुभयो । भवन निर्माणका लागि छुट्याएको बजेटमध्ये हालसम्म रु ४३ लाख खर्च भएको र रु आठ लाखको फनिर्चर खरीद गरिएको उहाँको भनाइ छ ।

अघिल्लै आर्थिक वर्षमा सकिनुपर्ने छात्रावास निर्माणको कार्य चालू आवको करीब डेढ महीना बित्नै लाग्दासमेत काम सम्पन्न हुने कुनै छाँटकाँट नदेखिएको स्थानीयवासीले बताएका छन् । निर्माणस्थलमा निर्माण सामग्री लथालिङ्ग फालिएका छन् भने मजदुरले आउनै छाडेका स्थानीय सीताराम साहले बताउनुभयो । छात्रावास निर्माणका लागि आएको बजेट काम पूरा नभएकाले फ्रिज भएपछि पुनः बजेट आउने वा नआउने अन्योलता बढेको छ ।

दलित अगुवा रामसेवक रामले भन्नुभयो, “प्रदेश सरकारले दलित छात्रावास भवन बनाउन चाहेको छ, तर उपभोक्ता समितिको लापरवाहीका कारण निर्माणकार्य बीचमै अलपत्र पर्दा अन्योलता बढेको छ ।” अधुरो छाडिएको भवनको निर्माणकार्य पूरा गरी छात्रावास सञ्चालनमा ल्याउन प्रदेश सरकारसँग दलित अगुवाले आग्रहसमेत गरेका छन् । निर्माणाधीन भवन अगाडि पानी जमेर खाल्डो बनेको छ । समाजमा छुवाछूतका कारण दलित समुदायका विद्यार्थीलाई बजारमा कोठाभाडा लिएर अध्ययन गर्न समस्या भइरहेको कुरालाई मनन गरी प्रदेश सरकारले प्रदेशका आठै जिल्लामा दलित छात्रावास भवन बनाउन थालेको हो ।