१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको तलव मासिक ८६ हजार, न्यायसेवामा अरुको तलब कति ?



अ+ अ-

काठमाडौं । सरकारले न्याय सेवातर्फका पदाधिकारीसहित विभिन्न सवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकी सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयका अनुसार प्रधानन्यायाधीशसहित न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारीको नयाँ तलवमान तोकिएको छ ।

न्याय सेवाका पदाधिकारीहरुको नयाँ तलवमान मन्त्रिपरिषदको भदौ ४ गतेको वैठकले अनुमोदन गरेको छ । यसैगरी उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसदका महासचिव तथा सचिव र राष्ट्रिय सूचना आयोगका पदाधिकारीको समेत तलवमान तोकिएको हो ।

तोकिएको तलवमान भने १ साउनबाटै कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जाएको छ । नयाँ तलवमानअनुसार अब प्रधानन्यायाधीशको तलव मासिक ८६९५० पुगेको छ भने न्यायाघीशले मासिक ७१९५० रुपैयाँ पाउने छन् । संवैधानिक निकायका प्रमुखको तलब मासिक ६८१८० रुपैयाँ कायम भएको हो ।