१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोलिटब्युरो सदस्य थापा साधारण सदस्यसमेत रहन नपाउने



अ+ अ-

काठमाडौं । अर्धभूमिगत नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई साधारण सदस्यसमेत नरहने गरी निश्कासन गरेको छ । भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको थियो ।

हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् । मसालमा मात्र होइन, कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले समेत थापालाई ‘मामा’ भनेर सम्बोधन गर्थे । मोहनविक्रम सिंहका मामा भएकाले उनी सबैका मामाका रुपमा चिनिन्थे ।

गुल्मी पुर्ख्यौली घर भएका थापा विगत ५ दशकदेखि निरन्तर पार्टीको नेतृत्वमा रहँदै आएका थिए । मसालमा पार्टी अनुशासन कति कडा छ भन्ने कुरा महामन्त्री सिंहले आफ्नै मामालाई पनि निश्कासन गरेर पुष्टि गरेको मसालका एक नेताले बताएका छन् ।