७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव

‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव
अ+ अ-

काठमाडौँ। आगामी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सात दिने ‘सीप तथा रोजगार मेला २०८३’ आयोजना गर्ने तयारी स्वरूप मन्त्रालयको सभा हलमा आज पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा युवा,श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले मेलाको मुख्य उद्देश्य नै मेला परिसरभित्र प्रवेश गर्ने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने रहेको बताउनु भएको छ।

कार्यक्रममा बोल्दै उहाँले आफ्नै देशको माटोमा रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गरी युवाहरूलाई भरोसा दिलाउन सरकार अहोरात्र खटिएको बताउनु भएको छ। मन्त्री यादवले भन्नुभयो, “मेलामा छिर्ने प्रत्येक युवा बाहिर निस्कँदा आफ्ना सम्भावनाप्रति स्पष्ट, आशावादी र नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ निस्कने वातावरण बनाइने छ।”

श्रम बजारमा रोजगारदाताले उपयुक्त कामदार नपाउने र कामदारले रोजगारदाता नभेट्ने जुन ‘मिस म्याच’ छ, त्यसलाई अन्त्य गर्दै दुवै पक्षलाई एउटै एकीकृत मञ्च (Integrated Platform) मा जोड्न समेत यो मेला आयोजना गरिएको उहाँले बताउनु भयो ।

‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको यस मेलाको मुख्य उद्देश्य स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्नु र श्रम बजारको मागअनुसार दक्ष जनशक्ति तयार पार्नु रहेको छ।

वि.सं. २०८३/८४ देखि २०९२/९३ सम्मको अवधिलाई ‘रोजगार दशक’ को रूपमा अघि बढाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुरूप यो मेला आयोजना गर्न लागिएको हो। सुनसरी-मोरङ औद्योगिक कोरिडोर क्षेत्रअन्तर्गत इटहरीमा आयोजना हुने यस मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायतका विभिन्न विधाका स्टलहरू रहनेछन्।

मेलामा रोजगारी खोज्ने व्यक्तिहरू र रोजगार दाताबिच प्रत्यक्ष संवाद गराई मागका आधारमा ‘जब म्याचिङ’ र ‘जब प्लेसमेन्ट’ गराइनेछ। त्यसै गरी एआई (AI), ईभी (EV), एसी रिपेयरिङ जस्ता बजारमा उच्च माग भएका विषयमा छोटो अवधिको सीपमूलक तालिम, करियर काउन्सिलिङ र उत्प्रेरणात्मक सत्रहरू (माेटिभेसन स्पिच) समेत सञ्चालन हुनेछन्।

मेलालाई पारदर्शी एवं व्यवस्थित बनाउन डिजिटल पोर्टल jobfair.shramsansar.gov.np सञ्चालनमा ल्याइएको छ। यस पोर्टलका माध्यमबाट कोशी प्रदेशका १३७ वटै स्थानीय तहका रोजगार संयोजक, रोजगारदाता तथा रोजगारी खोज्ने व्यक्तिहरूले आधिकारिक तथ्याङ्क दर्ता गरी सेवा लिन सक्नेछन्।

चालु आर्थिक वर्षभित्र देशभरका कम्तीमा १ लाख युवालाई रोजगारीको अवसरमा जोड्ने लक्ष्यका साथ सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग कार्यसम्पादन सम्झौता गरिएको छ। कोशी प्रदेशको इटहरीबाट सुरु हुने यो मेला क्रमशः देशका बाँकी ६ वटै प्रदेशहरूमा सञ्चालन गरी राष्ट्रिय अभियानका रूपमा अघि बढाइनेछ।

तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू तथा सरोकारवालाहरूको साझा सहकार्यमा आयोजना हुन लागेको यस मेलाले स्वदेशमै युवाहरूलाई रोजगारीका अवसरसँग जोड्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।