७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट

मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट
अ+ अ-

काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र अन्तरराष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ(आइएफआरसी) का एशिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर म्याथ्युबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा हालै रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, संरक्षण तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री बादीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विशेषगरी बाढीबाट प्रभावित महिला, बालबालिका तथा अन्य संवेदनशील समूहको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो ।

मन्त्री बादीले विपद्को कठिन समयमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आइएफआरसीले प्रभावित समुदायका लागि गर्दै आएको मानवीय सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विपद्का बेला तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा, मनोसामाजिक सहयोग र सुरक्षित पुनःस्थापनालाई पनि समान प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा आश्रय, खाद्य सहयोग, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा मोबाइल स्वास्थ्य सेवा र मनोसामाजिक सहयोगलगायतका क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।

भेटमा यस्ता सहयोगलाई अझ व्यवस्थित, समन्वित र आवश्यकता भएका समुदायसम्म प्रभावकारी रूपमा पु¥याउने विषयमा समेत छलफल भएको थियो ।

मन्त्री बादीले विपद्को प्रभाव महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहमा थप गम्भीर पर्न सक्ने भएकाले उनीहरूको विशेष आवश्यकता सम्बोधन हुने गरी संरक्षण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकार, स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी तथा अन्तरराष्ट्रिय मानवीय साझेदारबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

भेटवार्तामा विपद्को तत्कालीन प्रतिकार्यदेखि प्रभावित नागरिकको पुनःस्थापनासम्म मानवीय सहयोगलाई थप प्रभावकारी बनाउने, संरक्षणको आवश्यकता भएका समूहलाई प्राथमिकतामा राख्ने तथा आगामी दिनमा समेत सरकार र अन्तरराष्ट्रिय मानवीय साझेदारबीच सहकार्यलाई निरन्तरता दिने विषयमा सकारात्मक छलफल भएको थियो । रासस