१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको हेनानमा आँधीबाट आठ जनाको मृत्यु



अ+ अ-

हाइकाउ । चीनको दक्षिणमा अवस्थित हेनान प्रान्तमा बिहीबार बिहान आएको आँधीका कारण कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै एक जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे हेनानको दान्झाउ नगरमा आँधी चलेको थियो ।

एउटा निर्माण कम्पनीमा कार्यरत मजदूरहरु बसेको छाप्रोले थिचिएर एकै ठाउँमा आठ जना मजदूरको मृत्यु भएको थियो । प्रान्तीय सरकारले खोज तथा उद्धारका लागि थप प्रहरी र उद्धारकर्मी परिचालन गरेको छ ।

यसैबीच, चीनको उत्तर पश्चिमको निङसिया हुई स्वायत्त क्षेत्रमा दुई वटा सवारी साधन एकापसमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।