६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी
अ+ अ-

न्युयोर्क। संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस आजदेखि यहाँ प्रारम्भ भएको छ ।

यसपटकको महासभा मुख्य रूपमा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन: सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारामा केन्द्रित छ ।

विश्वका सरकार प्रमुख एवं प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध, आणविक हतियारको सन्त्रास, गरिबीको चरम अवस्था र जलवायु सङ्कटले निम्तिएको मानवीय एवं पूर्वाधारको क्षतिलगायत विषयमा छलफल गर्नेछन् ।

उच्चस्तरीय राजनीतिक बहसमा परराष्ट्रमन्त्री शिशिर खनालले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलले नेपालका तर्फबाट आज महासभामा सहभागिता जनाएको छ । उक्त प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत भ्रमण दलका सदस्यहरू, मिशनका कर्मचारीलगायत सहभागी रहनुभएको छ ।

यसपटकको राजनीतिक बहसमा प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ । जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको पीडा, जलवायु न्याय, हानी तथा नोक्सानी कोषका विषयमा नेपाली प्रतिनिधिमण्डलको ध्यान केन्द्रित हुने जनाइएको छ ।

त्यसैगरी विश्व शान्ति, असंलग्नता, दिगो विकासका लक्ष्य, लैङ्गिक सहभागिता, समावेशितालगायत विषयमा विश्व मञ्चमा नेपालले आफ्ना धारणा प्रस्तुत गर्ने जनाइएको छ ।