६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन
अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४२ जना उम्मेदवारले आवेदन दिएका छन्। बोर्डले भदौ २६ गते सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको थियो।

सोमबार आवेदन दिने अन्तिम समयसम्म ४२ जनाले कार्ययोजनासहित आवेदन पेश गरेको बोर्ड स्रोतले जनाएको छ।

स्रोतका अनुसार जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत बन्नुभएकी श्रद्धा श्रेष्ठले पनि सीईओ पदका लागि आवेदन दिनुभएको छ। मन्त्री बन्नुअघि श्रेष्ठ नेपाल पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत हुनुहुन्थ्यो।

पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भन्नुभयो मन्त्रीको जिम्मेवारीमा रहनु भएका व्यक्तिले सिईयोका लागि आबेदन दिनु त्यति स्वभाबिक देखिएन । उहाँले भन्नुभयो बोर्डको हैसियत बढेको हो की मन्त्रीको हैसियत बुझ्न नै कठिन भयो ।

बोर्डका अनुसार आवेदन दिनेहरूमा राजकुमार पाण्डे, अनिल थापा, प्रिती झा, श्री गुरुङ, कृतन अवाल, श्री भट्टराई, खगेश्वर अधिकारी, निरोज कर्माचार्य, इला कुमार श्रेष्ठ, विनोद अर्याल, डा. लेखनाथ भण्डारी, आशुतोष प्रधान, नोजल कोइराला, गीता कुमारी शर्मा, ज्ञानेश्वरप्रसाद सिंह महतो, ज्ञानेन्द्ररत्न तुलाधर, सूर्यबहादुर घिमिरे, हिक्मतसिंह ऐर, उत्तमप्रसाद देवकोटा, प्रमेश केसी, सुरेशसिंह बुढाल, रोहिणीप्रसाद खनाल, युविका भण्डारी, विजय कँडेल, सन्तोष थापा, सुधन सुवेदी, नवीन पोखरेल, सुनिल बालाल, जिनेश काजी सिन्धुराकार, धर्मराज दवाडी, लीलानाथ भण्डारी, अभिषेक विक्रम शाह, टेकबहादुर महत, सूर्य थपालिया, लक्ष्मण गौतम, सन्तोष विक्रम थापा, प्रज्ञा घिमिरे, उदय भट्टराई, रामचन्द्र सेढाईं र राजाराम केसी रहेका छन्।

सीईओ पदका लागि नेपाली नागरिक हुनुका साथै मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव अनिवार्य गरिएको छ।

आवेदकहरूले प्रमाणित व्यक्तिगत विवरण, शैक्षिक तथा अनुभवका प्रमाणपत्रसँगै बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि अधिकतम तीन हजार शब्दको ‘रणनीतिक कार्ययोजना’ पेश गरेका छन्। त्यसैगरी, आफूले हासिल गरेका मुख्य उपलब्धि समेटिएको अधिकतम तीन हजार शब्दको प्रतिवेदन र स्वघोषणापत्रसमेत आवेदनसँगै बुझाएका छन्।