६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी
अ+ अ-

जेरुसेलम। इजरायलका रक्षामन्त्री इजरायल काट्जले भविष्यमा कुनै इजरायली सैनिक वा नागरिकको अपहरण भए गाजा सहरका सबै बासिन्दालाई दक्षिणतर्फ धपाइने चेतावनी दिनुभएको छ ।

सन् १९७३ को योम किपुर युद्धको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै काट्जले गाजा सहरका घर तथा पूर्वाधार ध्वस्त पार्ने चेतावनीसमेत दिनुभयो । उहाँले हमास र त्यसका समर्थकलाई लक्षित गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

काट्जले गाजा सहरका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ विस्थापित गरिने र त्यहाँका घर तथा ‘आतङ्कवादी अखडा’ ध्वस्त पारिने बताउनुभएको छ । उहाँले गाजा र लेबनानका सशस्त्र समूहले आफूले बुझ्ने भाषामा जवाफ पाउने दाबी गर्नुभयो ।

गाजा सहरमा करिब ११ लाख मानिस बसोबास गर्ने नगरपालिकाको तथ्याङ्क छ । करिब तीन वर्षदेखि जारी युद्धका कारण गाजा पट्टीका अधिकांश बासिन्दा विस्थापित भएका छन् ।

इजरायली अधिकारीका अनुसार सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको हो ।

हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा हालसम्म ७३ हजार ९१९ जनाको मृत्यु भएको छ । उक्त तथ्याङ्कको स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन भए पनि संयुक्त राष्ट्रसङ्घलगायत संस्थाले यसलाई प्रयोग गर्दै आएका छन् ।

काट्जले इरानसँग पुनः युद्ध हुन सक्ने चेतावनी दिनुभएको छ । उहाँले आवश्यक परे इरानमा पुनः सैन्य कारबाही गर्ने र त्यहाँको सरकारलाई सत्ताच्युत नगरेसम्म अभियान जारी राख्ने बताउनुभएको छ ।

इजरायल र इरानबीचको पछिल्लो सैन्य तनावपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम र वार्तामार्फत समाधान खोज्ने प्रयास गर्नुभएको थियो । त्यसपछि इजरायलले आफ्नो सैन्य अभियान रोक्ने सहमति जनाएको थियो । रासस