२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कुसे औसी अर्थात बुवाको मुख हेर्ने दिन, के छ महत्व र महिमा



अ+ अ-

काठमाडौँ । सनातन हिन्दु दर्शन र परम्परामा केहि तिथिहरू विशेष प्रकृति र महत्वका छन् । त्यस मध्य पुर्णिमा र औसी पनि हुन् । औसीहरु मध्य कुशे औसी एक विशेष र महत्वपूर्ण तिथि हो । यो पुर्बिय सनातन हिन्दु परम्परा अनुसार भाद्र महिनाको कृष्ण औसी तिथिका दिन पर्छ ।

आजको दिनलाई पितृ दिवस समेत भनिन्छ । बुवा दिवंगत भईसकेका छोराछोरीले भने आज राजधानीबाट झण्डै १२ किलोमिटर पूर्वतर्फ पर्ने वाग्मती नदीको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई दिवंगत बुवाको नाममा पिण्ड तर्पण गर्ने गर्दछन् । त्यहाँसम्म जान नसक्नेले नुवाई धुवाइगरी दिवंगत बुवाको नाममा सिधा तथा ,जलदान गर्ने प्रचलन छ । भदौ कृष्ण औसीका दिन आर्थात आजै घरघरमा पवित्र कुश भित्राएर कुशको पुजन गरिने भएकाले कुशे औसी पनि भन्ने गरिन्छ ।

आज देशभर हिन्दु धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा पवित्र मानी प्रयोग गरिने कुश विशेष मन्त्रशोधन गरी घरघरमा भित्राउँदै छन् । आजको दिन बाह्मणले कुशको मुठा बनाई यजमानकहा लैजाने गर्दछन् ।