६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत

नेसनल प्याब्सन कास्कीको भाषाज्ञान प्रतियोगिता सम्पन्न, विभिन्न तहमा विद्यार्थी पुरस्कृत
अ+ अ-

पोखरा । नेसनल प्याब्सन कास्कीको आयोजनामा नेपाली भाषाज्ञान प्रतियोगिता–२०८३ सम्पन्न भएको छ। प्रतियोगितामा माध्यमिक, आधारभूत तथा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

माध्यमिक तहतर्फ मर्निङ ग्लोरी एकेडेमिक स्कुल प्रथम, रिलायन्स पब्लिक स्कुल द्वितीय, डायनामिक एकेडेमी तृतीय र सिलसिला इङ्लिस स्कुलले सान्त्वना स्थान हासिल गरेका छन्।

त्यस्तै, आधारभूत तहतर्फ लिटिल फ्लावर एजुकेशनल मावि प्रथम, मर्निङ ग्लोरी एकेडेमिक स्कुल द्वितीय, पिनाकल एकेडेमी तृतीय तथा सिलसिला इङ्लिस स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन्।

कक्षा १ देखि ५ सम्मको तहमा मर्निङ ग्लोरी एकेडेमिक स्कुल प्रथम, रिलायन्स पब्लिक स्कुल द्वितीय, एकता आवासीय मावि तृतीय र पिनाकल एकेडेमीले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितापछि आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मीले विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरे। उनले अंग्रेजी माध्यमबाट अध्यापन गराउने विद्यालयका विद्यार्थीले नेपाली भाषाज्ञानमा गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीमा नेपाली भाषा सिक्ने र प्रयोग गर्ने उत्साह बढाउने बताए।

कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय कार्यक्रम व्यवस्थापन संयोजक कमल रानाभाटले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। संस्थाका उपाध्यक्ष विकल पौडेलले स्वागत मन्तव्य राखेका थिए।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तथा अतिरिक्त क्रियाकलाप संयोजक कमल थापाले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रतियोगितामा नेपाली भाषा शिक्षक परिषद् कास्कीका तर्फबाट शिवहरि सुवेदी, लोकचन्द्र खनाल र शशि शिशिर ढुंगानाले विशेषज्ञका रूपमा सहजीकरण गरेका थिए।