६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन

आयोवामा नेपाली समुदायको विपद् सहयोग अभियान, ५ हजार ५८ डलर संकलन
अ+ अ-

आयोवा, अमेरिका । नेपालमा हालै आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको ठूलो मानवीय क्षतिप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकाको आयोवामा नेपाली समुदायले राहत तथा सहयोग अभियानलाई निरन्तरता दिएको छ।

विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन पूर्वी आयोवा नेपाली समाज  र गैरआवासीय नेपाली संघ (एनआरएनए) आयोवाको संयुक्त आयोजनामा सेप्टेम्बर १२ मा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाली समुदायका विभिन्न व्यक्तित्व, परिवार तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको समाजका सचिब प्रतिभा कडेलले जानकारी दिनुभयो । सहभागीहरू नेपाली मौलिक पोशाकमा उपस्थित भई मैनबत्ती प्रज्वलन गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रमबारे राजेन्द्र सेढाईंले जानकारी दिनुका साथै कार्यक्रमका तस्बिरसमेत उपलब्ध गराउनुभएको थियो। कार्यक्रमको सञ्चालन एनआरएनए आयोवाका अध्यक्ष विधान पोखरेलले गर्नुभएको थियो।

समाजका वरिष्ठ उपाध्यक्ष ध्रुव अर्यालका अनुसार नेपाली समुदायका सदस्यहरू उल्लेखनीय संख्यामा नेपाली पोशाकमा सहभागी भई विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा विपद् प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि ५ हजार ५८ अमेरिकी डलर सहयोग रकम संकलन भएको छ। संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाईने समाजका सल्लाहकार प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

एसियाली महोत्सवमा नेपाली मःमको बिक्री

यसै अभियानलाई निरन्तरता दिँदै आउँदो शनिबार आयोजना हुने एसियाली महोत्सवमा समाज र एनआरएनएको संयुक्त पहलमा नेपाली स्टल सञ्चालन गरिने भएको छ। उक्त स्टलमा नेपाली लोकप्रिय परिकार मःम बिक्री गरिनेछ।

समाजका अध्यक्ष शंकर बरालका अनुसार मःम बिक्रीबाट प्राप्त हुने नाफाको २५ प्रतिशत रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोगस्वरूप पठाइनेछ।

यस अभियानका लागि नेपाली समुदायका सदस्यहरू विगत एक–दुई महिनादेखि प्रत्येक शुक्रबार र शनिबार मःम बनाउने तयारीमा जुट्दै आएका छन्। समाजकी सदस्य रचना श्रेष्ठका अनुसार अभियानमा समुदायका धेरै सदस्यले आफ्नो समय र श्रम स्वेच्छिक रूपमा प्रदान गर्दै आएका छन्।

मैनबत्ती प्रज्वलन कार्यक्रमदेखि एसियाली महोत्सवसम्म नेपाली समुदायले नेपालमा परेको विपद्प्रति ऐक्यबद्धता जनाउँदै विभिन्न माध्यमबाट राहत तथा सहयोग जुटाउने प्रयास गरिरहेको छ।

अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभाव, सहभागी परिवार, स्वयंसेवक तथा आर्थिक सहयोगदाताप्रति EINS र एनआरएनए आयोवा परिवारले आभार तथा धन्यवाद व्यक्त गरेको छ।