५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
अ+ अ-

बाँके। नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलिलाको १५९औँ शृङ्खला यस वर्ष घटस्थापनादेखि पुनः मञ्चन हुने भएको छ ।

दसैँको अवसरमा १५८ वर्षदेखि निरन्तर हुँदै आएको रामलिला गत वर्ष ‘जेनजी’ आन्दोलनका कारण सञ्चालन हुन सकेको थिएन ।

नेपालगञ्जस्थित रामलिला मैदानमा असोज २५ गते घटस्थापनाका दिनदेखि दश दिनसम्म रामलिला मञ्चन गर्ने निर्णय गरिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रामलिलाको शुभारम्भ शोभायात्रासहित गरिनेछ। कार्यक्रमलाई यस वर्ष थप व्यवस्थित, प्रभावकारी र भव्य बनाउने तयारी भइरहेको छ । त्यसका लागि समितिले विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

“रामलिला नेपालगञ्जको संस्कृति र पहिचानसँग जोडिएको परम्परा हो। परिस्थितिका कारण एक वर्ष नियमित मञ्चन प्रभावित भए पनि यसको निरन्तरता रोक्नुहुँदैन भन्ने उद्देश्यले तयारी अघि बढाइएको हो”, अध्यक्ष कानोडियाले भन्नुभयो ।

रामलिला मञ्चनका लागि भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकार टोली नेपालगञ्ज आउने भएको छ ।

टोलीले रामायणका प्रमुख प्रसङ्ग तथा भगवान् राम र सीताको जीवनसँग सम्बन्धित विभिन्न कथालाई नाटकीय शैलीमा प्रस्तुत गर्नेछ । समितिका अनुसार घटस्थापनादेखि विजयादशमीसम्म प्रत्येक दिन साँझ ८ः०० बजेदेखि राति १२ः०० बजेसम्म रामलिला मञ्चन हुनेछ ।

वृन्दावनबाट आउने कलाकारले विभिन्न पात्रको भूमिका निर्वाह गर्दै रामायणका प्रमुख घटनाक्रमलाई रङ्गमञ्चमार्फत प्रस्तुत गर्नेछन् ।

लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको यो परम्परा नेपालगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित छ । रासस