२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलबारे सर्वोच्चको फैसला संसदीय समितिद्वारा अध्ययन हुने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गते गरेको फैसला अध्ययन गर्ने भएको छ । समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले एनसेलले तिनुपर्ने करबारे सर्वोच्चले सुनाएको फैसलाबारे अधययन गर्नुपर्ने बताएका थिए ।

सांसदहरुको धारणा सुनपछि समितिका सभापति कृष्णभक्त पोखरेलले न्यायपालिकालाई संसदीय समितिले यस्तो फैसला गर भन्न त नसक्ने तर उसको फैसलामाथि प्रश्न उठाउने भन्ने पनि होइन, तशर्थः जनचासोको विषय भएर आएपछि समितिले सर्वोच्चले गरेको फैसलाहरुमा अध्ययन गर्न सक्ने बताएका थिए ।

सभापति पोखरेलले अर्को बैठकमा सांसदहरु एनसेल कर छुटबारे सर्वोच्चको फैसलाबारे थप छलफल गर्ने बताएका हुन् । भदौ ९ गते सर्वोच्च अदालतद्वारा ठूला करदाता कार्यालयले गत वैशाखमा निर्धारण गरेको कर बदर गरिएको थियो ।