काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले पार्टीभित्र नेतृत्व परिवर्तन तथा पुनर्गठनको विषयमा सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
थापाले एमालेका नेता ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ जनालाई लक्षित गर्दै ‘छाड्नुस्’ भन्न मिल्ने बताएका छन्। तर उनीहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट निर्वाचित भएकाले उनीहरूको भूमिकालाई ‘पुनर्गठन’ भन्न नमिल्ने उनको भनाइ छ।
सामाजिक सञ्जालमा लेख्दै थापाले भनेका छन्, “ईश्वर पोखरेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायत १२ भाइले छाड्नुस् भन्न मिल्छ। अध्यक्ष केपी शर्मा ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन।”








