४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन
अ+ अ-

काठमाडौं । आयोजक जापानले बीसौँ एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । प्रतियोगिताको उद्घाटनका दिन चीनकी १३ वर्षीया पौडीबाज यु जिदीले पनि उत्कृष्ट प्रदर्शन गर्दै महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा सबैभन्दा छिटो समय निकालेकी छन् ।

जापानका ताकुमी होजोले नागोयाको गामागोरीमा भएको पुरुष व्यक्तिगत ट्रायथलनमा स्वर्ण जिते । चीनका झाङ सि रुईले रजत तथा काजाकिस्तानका अर्लान झानाबेले कास्य पदक जिते । होजोले ७५० मिटर पौडी, २० किलोमिटर साइकल यात्रा र ५ किलोमिटर दौड ५२ मिनेट ५६ सेकेन्डमा पूरा गरे । “यो हाम्रो पहिलो स्वर्ण पदक भएकाले यसले जापानी टोलीको मनोबल उच्च बनाएको छ”, ३० वर्षीय होजोले भने ।

उनको जितले सन् २०२८ को लस एन्जलस ओलम्पिकका लागि छनोटको अवसरसमेत सुनिश्चित गरेको छ । महिला व्यक्तिगत ट्रायथलनमा भने चीनकी लिन सिन्युले ५७ मिनेट ३७ सेकेन्डमा स्वर्ण जितिन् ।

उनकी हमवतन हुआङ आन्की दोस्रो तथा जापानकी मानामी हायासी तेस्रो भइन् । पौडीमा अर्को महिना १४ वर्ष पुग्न लागेकी यु जिदीले महिला २०० मिटर बटरफ्लाइको छनोट चरणमा आफ्नै देशकी चाङ मोहनलाई करिब दुई दशमलव ७० सेकेन्डले पछि पारिन् ।

उनी आइतबार हुने फाइनलमा स्वर्णको दाबेदार बनेकी छन् । पुरुष १०० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमानधारी तथा ओलम्पिक च्याम्पियन चीनका पान झानलेले ४८ दशमलव ०७ सेकेन्डमा सबैभन्दा छिटो समय निकाल्दै फाइनलमा स्थान बनाए । उनी दक्षिण कोरियाका ह्वाङ सन–वुभन्दा शून्य दशमलव ०६ सेकेन्डले मात्र अगाडि रहे ।

नागोयास्थित ३० हजार दर्शक क्षमताको रङ्गशालामा शनिबार जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो । अक्टोबर ४ सम्म चल्ने प्रतियोगितामा ४६९ स्वर्ण पदकका लागि एसियाभरका खेलाडीले ४० भन्दा बढी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

आयोजकले खर्च घटाउन परम्परागत खेलाडी गाउँ निर्माण नगरेका कारण ११ हजारभन्दा बढी खेलाडी र छ हजार अधिकारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सहभागीहरू होटल, अस्थायी आवास तथा ‘कोस्टा सेरेना’ क्रुज जहाजमा बसिरहेका छन् ।

यातायातको समस्याका कारण केही खेलाडी विमानस्थलमै अलपत्र परेको र अस्थायी आवासको गुणस्तरबारे टोलीहरूले गुनासो गरेको जनाइएको छ । यसैबीच, दक्षिण कोरियाली पुरुष हक्की टोलीको खेलअघि गल्तीले उत्तर कोरियाको राष्ट्रिय गान बजाइएको घटनामा आयोजकले माफी मागेको छ । प्रतियोगितामा एथलेटिक्स र पौडीजस्ता ओलम्पिकका प्रमुख खेलसँगै सेपाक ताक्रो र कबड्डीजस्ता क्षेत्रीय खेल पनि समावेश छन् ।