५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो
अ+ अ-

काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा वैकल्पिक सडक निर्माण गरी दुवैतर्फबाट यातायात सञ्चालनमा ल्याइएपछि राजमार्गमा सवारीसाधनको चाप बढेको छ ।

गत असोज १ गतेदेखि कृष्णभीर क्षेत्रमा दुवैतर्फको सडक सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित यातायात सेवा क्रमशः सहज बन्दै गएको हो । गत भदौ १० गते आएको भोटेकोशी र त्रिशूली नदीको बाढी तथा पहिरोका कारण कृष्णभीर क्षेत्रमा सडक कटान भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।

मुख्य सडक क्षतिग्रस्त भएपछि काठमाडौंलगायत देशका विभिन्न भागबाट आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका थिए । राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो ।

सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले तत्काल वैकल्पिक सडक निर्माण तथा सडक कटानको काम अघि बढाएका थिए । जोखिमयुक्त भूभागमा सडक विस्तार तथा मर्मतको काम सम्पन्न गरी यातायात सञ्चालनमा ल्याइएको हो ।

वैकल्पिक सडक सञ्चालनमा आएपछि अन्य मार्गबाट आवतजावत गरिरहेका सवारीसाधन पुनः पृथ्वी राजमार्गतर्फ फर्किन थालेका छन् । दुवैतर्फ सडक सञ्चालनमा आएपछि निजी तथा सार्वजनिक सवारीसाधनका साथै मालवाहक सवारीसाधनको आवागमनसमेत बढेको छ । लामो दूरीका सवारीसाधन नियमित सञ्चालन हुन थालेपछि राजमार्गका विभिन्न खण्डमा सवारी चाप देखिन थालेको छ ।

यद्यपि बाढी तथा पहिरोका कारण क्षतिग्रस्त क्षेत्रमा अझै जोखिम कायमै रहेकाले सावधानी अपनाएर सवारी सञ्चालन गर्नुपर्ने अवस्था छ । विशेषगरी वर्षाका कारण सडकको सतह कमजोर भएका तथा पहिरोको जोखिम रहेका स्थानमा चालकले गति नियन्त्रण गरी यात्रा गर्नुपर्ने देखिएको छ ।

यातायात सञ्चालनमा आए पनि क्षतिग्रस्त सडक तथा संरचनाको स्थायी पुनर्निर्माण भने आवश्यक रहेको स्थानीयवासी तथा यातायात व्यवसायीहरूले बताएका छन् । तत्कालका लागि वैकल्पिक सडकबाट यातायात सञ्चालन भए पनि दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन गरी क्षतिग्रस्त सडक तथा आसपासका संरचनाको पुनर्निर्माण गर्नुपर्ने उनीहरूको भनाइ छ ।

काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड पुनः सञ्चालनमा आएपछि यात्रु तथा मालसामान ओसारपसारमा देखिएको अवरोध घटेको छ । सडक सञ्चालनसँगै राजमार्गमा सवारीसाधनको चाप भने बढेको हो ।