३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा

एसियाली खेलकुदको भब्य उद्घाटन

एसियाली खेलकुदको भब्य उद्घाटन
अ+ अ-

काठमाडौं: एसियाली खेलकुदको २० औ संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भब्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरे ।

उद्घाटन समारोहमा नेपाल सहित सबै सहभागी टिमले मार्च पास्ट गरेका थिए । सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टिमले मार्च पास्टमा सहभागी भएको थियो ।

बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमति बिष्टले नेपालको झण्डा बोकेको थिए । नेपालबाट २१ खेलमा १ सय ३५ जना खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने राखेपअन्तर्गत प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालले जनाएका छन् ।

४५ देशका ११ हजार बढी खेलाडी सहभागी छन् । जापानमा यस अघि १९५८ मा तेस्रो र १९९४ मा १२औ संस्करण आयोजना भएका थिए भने २० औ स्सकरण आयोजना भैरहेको छ ।

एसियाड क्रिकेट टोलीको बिदाइ

जापानमा जारी २० औं एसियाली खेलकुदको क्रिकेटमा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट (टी– २०) टोलीलाई शनिबार बिदाइ गरिएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेपकी सदस्य ललिता नाथ र नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बिदाइ गरे । १५ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली आइतबार जापान प्रस्थान गर्ने छ ।

खेलाडीमा दिपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, कुशल भुर्तेल, ललितनारायण राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दिप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।

टोलीको प्रमुख प्रशिक्षकमा स्टुवार्ट ग्रान्ट ल, स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षकमा अब्दुल सतार, भिडियो एनालिष्टमा रमन सिवाकोटी र फिजियोमा लोकेन्द्र कुँवर छन् ।