५ पुष २०८२, शनिबार
,
Latest
पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा नौ जनामा डेङ्गु



अ+ अ-

तनहु । तनहु जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखा परेको दमौली अस्पतालले जनाएको छ ।

गत साउनसम्म दमौली अस्पतालमा डेङ्गुको शङ्का लागेको १२ को परीक्षण गरिएको अस्पतालका ल्याव असिस्टेन्ट विकास पौडेलले जानकारी दिनुभयो । डेङ्गुका बिरामीमध्ये तीन जनाले दमौली अस्पतालमा भर्ना भएर उपचार गराएका थिए । अस्पतालका नर्सिङ अधिकृत जमुना शर्माका अनुसार अस्पतालमा उपचार गराएकामध्ये एक जनालाई अस्पतालबाट घर पठाइएको र दुई जनालाई पोखरा स्थानान्तरण गरिएको थियो ।

तनहुमा आर्थिक वर्ष ०७१/७२ मा तीन, ०७४/७५ मा एक र ०७५/७६ मा एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । हालसम्म गण्डकी प्रदेशका सात जिल्लामा ३३९ जना डेङ्गुका बिरामी फेला परेका छन् । सबैभन्दा बढी कास्कीमा ३१२ र सबैभन्दा कम पर्वत, बागलुङ, लमजुङमा दुई÷दुई जना डेङ्गुका बिरामी फेला परेका छन् । स्याङ्जामा नौ, तनहुँमा नौ, गोरखामा तीन जना डेङ्गुका बिरामी छन् ।