काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
प्रधानमन्त्री शाहले बोलाउनुभएको बैठकमा समसामयिक विषयसँगै सरकारका नियमित कामकारबाही तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल भइरहेको छ।
बैठकमा बाढीपहिरोलगायत विपद्पछिको राहत, उद्धार तथा पुनर्निर्माणका विषयमा समेत छलफल हुनसक्ने बताइएको छ।








