२ आश्विन २०८३, शुक्रबार
,
Latest
आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव भोटेकोशी बाढीको क्षति विवरण सात दिनभित्र बुझाउन यातायात विभागको आग्रह प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाने, २४ मा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने पर्साबाट दश लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद युरेनियम र रेयर अर्थ उत्खननका लागि कुनै अनुमति दिइएको छैन : महानिर्देशक नापित प्रचण्डको आक्रोश–‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको प्रतिबद्धता जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा म चासो राख्छु मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको चिन्ता–‘नेपाल कतै विदेशीहरुको खेलमैदान पो बन्ने हो कि’



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठूलो संकटबाट गुज्रिरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपालले राष्ट्रियता संकटमा परेको दाबी गर्दै नेपाल कतै विदेशीहरूको खेलमैदान बन्ने त होइन भन्ने चिन्ता व्यक्त गर्नुभयो ।

नेपालजस्तो भूपरिवेष्टित मुलुकले दुई ठूला छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै राष्ट्रिय स्वाभिमान र सम्मानको रक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रिय स्वाभिमान र सम्मानमा चुनौती खडा गर्ने प्रयास भए त्यसको सामना गर्ने आँट आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपालले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयताको विषयमा गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभयो । गणतन्त्र स्थापना, संविधान निर्माण र संघीयता कार्यान्वयनमा आफूहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले संघीयताको संरक्षण र सुदृढीकरणको जिम्मेवारी पनि आफूहरूमाथि रहेको दाबी गर्नुभयो ।

उहाँले लोकतन्त्र, गणतन्त्र, संविधान र संघीयताको संरक्षणका लागि विचार मिल्ने तथा लोकतन्त्रका लागि संघर्ष गरेका राजनीतिक दलहरू एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय राजनीतिमा नेकपाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले गणतन्त्र, संविधान र संघीयताको संरक्षण तथा सुदृढीकरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपालले कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणमार्फत कृषि क्रान्तिलाई अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।