३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि

विद्युतीय स्कुटर ‘यात्री ए२’ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ

विद्युतीय स्कुटर ‘यात्री ए२’ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ
अ+ अ-

काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गर्ने नयाँ विद्युतीय स्कुटर ‘यात्री ए२’ को मूल्य सार्वजनिक गरेको छ। कम्पनीले ए२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकेको जनाएको छ।

नेपालको सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको ए२ मा ग्राहकले आवश्यकता अनुसार ब्याट्री क्षमता, रङ, आराम तथा कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

स्कुटरमा मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले पाङ्ग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ। ए२ मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन, १४ इन्चका पाङ्ग्रा, डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम राखिएको छ।

कम्पनीले ए२ मा ३.०, ३.७ र ५.२ किलोवाट आवरका तीन ब्याट्री विकल्प उपलब्ध गराएको छ। ३.० किलोवाट आवरको ब्याट्रीले सहरी अवस्थामा ९० किलोमिटरसम्म, ३.७ किलोवाट आवरले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट आवरले १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। एक्स्टेन्डर प्याक प्रयोग गर्दा थप ५० किलोमिटरसम्म रेन्ज बढाउन सकिने जनाइएको छ। ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुनेछ।

ए२ मा अनबोर्ड चार्जर राखिएको छ। ब्याट्रीको क्षमताअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने तथा डीसी फास्ट चार्जिङमार्फत करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

स्कुटरमा ७ इन्चको डिस्प्ले, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, नेभिगेसन, मोबाइल एपमार्फत प्रत्यक्ष सवारी ट्र्याकिङ, चार्जिङ जानकारी, रुट योजना र सर्भिस अपोइन्टमेन्टलगायत सुविधा उपलब्ध छन्।

त्यस्तै, चाबीबिना स्कुटर सञ्चालन, हिल होल्ड, क्रुज कन्ट्रोल, विभिन्न राइडिङ मोड र मल्टिलेभल रिजेनेरेटिभ ब्रेकिङको सुविधा पनि दिइएको छ। सुरक्षाका लागि एन्टी थेफ्ट नोटिफिकेसन, मोटर लक तथा गति घटेको संकेत दिने टेललाइटलगायत सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

सिप्रदी यात्रीले काठमाडौंको टेकुमा नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालन गर्ने तयारी गरेको छ। उक्त सेन्टरमा ग्राहकले स्कुटर अवलोकन, टेस्ट राइड तथा बुकिङ गर्न सक्नेछन्।

नाडा अटो शोमा ए२ बुकिङ गरेका ग्राहकलाई डेलिभरी सुरु भएसँगै स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ। ३.७ र ५.२ किलोवाट आवरका भेरियन्टको डेलिभरी अक्टोबर मध्यदेखि नोभेम्बरसम्म सुरु हुने तथा अन्य भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु गर्ने तालिका कम्पनीले सार्वजनिक गरेको छ।