१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सांसद चन्द्रेश्वर मण्डलले सुनसरीको देवानगञ्ज र सिराहाको गोलबजारमा भएका साम्प्रदायिक तनावका घटनाबारे छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद मण्डलले हिन्दू र मुस्लिम समुदाय वर्षौंदेखि आपसी सद्भाव र सहकार्यका साथ बस्दै आएको उल्लेख गर्दै पछिल्ला घटनाले दुई समुदायबीचको सामाजिक एकतामा असर पारेको बताउनुभयो । उहाँले घटनामा दोषी देखिएकालाई कानुनबमोजिम कडा कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मण्डलले चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुनुका साथै बजारमा अभाव देखिन थालेको भन्दै सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । खाना पकाउने ग्यास, आलु, प्याज, चिनी र खाने तेललगायतका वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न उहाँले माग गर्नुभयो ।

यस्तै, भारतमा सम्पन्न ब्रिक्स सम्मेलनमा नेपालको उपस्थिति नहुनु दुःखद भएको उहाँले बताउनुभयो । नेपालको परराष्ट्र नीतिमा समस्या उत्पन्न भएको हो कि भन्ने प्रश्न उठाउँदै सांसद मण्डलले छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई सुमधुर बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले मधेस प्रदेशका आठ जिल्लामा करिब ८० हजार युवा लागूऔषधको समस्यामा परेको दाबी गर्दै यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मधेसको ‘लाइफलाइन’का रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत कमला पुलको निर्माण कार्यलाई तीव्रता दिनुपर्ने माग पनि सांसद मण्डलले राख्नुभयो ।

सांसद मण्डलले भन्नुभयो, “हिन्दु धर्मावलम्बी एवं मुस्लिम समाज वर्षौँदेखि मिलेर बसेको समाज हो । तर देवानगञ्ज र सिराहाको गोलबजारको घटनाले दुई समाजबीच एकता तोडेको छ । छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गर्न चाहन्छु ।”

उहाँले चाडपर्वका बेला सर्वसाधारणले दैनिक उपभोग्य वस्तुका लागि समस्या भोग्न नपर्ने गरी सरकारले तत्काल आपूर्ति व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

– न्युज एजेन्सी नेपाल




भर्खरै