१ आश्विन २०८३, बिहीबार
,
Latest
विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनी प्रकाशित समाचारबारे सरकारसँग जवाफ माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद पोखरेलले केही दिनअघि अमेरिकी अनलाइन सञ्चारमाध्यम ‘द ग्रेजोन’ले रास्वपाको उदयमा अमेरिकी लगानी रहेको दाबी गर्दै प्रकाशित गरेको रिपोर्टबारे सरकार र नाम जोडिएका व्यक्तिहरूले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

उहाँले गत वर्ष भदौ २३ र २४ गते भएका घटनाका विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारहरू गम्भीर प्रकृतिका रहेको दाबी गर्नुभयो । सिंहदरबारसहित सरकारी, निजी, व्यावसायिक तथा राजनीतिक दलका कार्यालयमा भएको आगजनीमा तालिमप्राप्त समूहको संलग्नता र रासायनिक पदार्थ ‘सोडियम’ प्रयोग भएको विषयमा यसअघि नै ‘न्युयोर्क टाइम्स’ले समाचार प्रकाशित गरेको उहाँले उल्लेख गर्नुभयो ।

सांसद पोखरेलले ‘द ग्रेजोन’ले प्रधानमन्त्री बालेन्द्र साहसहित रास्वपाका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गरेको भन्दै त्यसको जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “द ग्रेजोनले प्रकाशित गरेका तथ्यहरू उपर कसले जवाफ दिने हो ? प्रधानमन्त्री बालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी द ग्रेजोनले गरेको छ । सभामुख महोदय, यसको जवाफ चाहिन्छ । प्रश्नबाट कोही पनि भाग्न पाउँदैन । सरकार र नाम जोडिएकाहरूले जवाफ दिनुपर्छ ।”

सांसद पोखरेलले उक्त विषयमा सरकार तथा समाचारमा नाम जोडिएका व्यक्तिहरूले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने माग दोहोर्‍याउनुभयो ।