१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री राखी सावन्तको पेटमा हुर्किरहेको बच्चा दीपक कलालकै हो त ?



अ+ अ-

राखी सावन्त उनको गोप्य विवाह पछि देखि खबरमा छ। दीपक कलाल पनि राखीको विवाहमा आफूलाई प्रख्यात बनाउने काम गरिरहेका छन् । यही कारण हो जब राखी सावन्तको बिवाह भयो, राखी र दीपक आफ्नो कथनका कारण निरन्तर चर्चामा रहन्छन् । कहिले राखीले दीपक कलाललाई फटकार लगाएको देखिन्छ भने कहिले दीपक कलाल राखीको बिहेको बारेमा टिका टिप्पणी गरीरहेका हुन्छन् ।

दीपक कलालले फेरि राखी सावन्तको सम्बन्धमा यस्तो दावी गरेका छन् जुन सुनेर मानिसहरू अचम्मित भएका छन् । वास्तवमा दीपक कलालले राखी सावन्त आफ्नो बच्चाको आमा बन्ने दाबी गरेका छन् । दीपक कलालले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरेका छन् ।

यस पोष्टमा, दीपकले राखी सावन्त गर्भवती भएको दाबी गरेका छन, र लेखेका छन्, ‘राखी मेरो बच्चा तेरो पेटमा हुर्किरहेको छ। उसले निश्चय पनि आफ्नो बुबाको अपमानको बदला लिनेछ ।’ दीपकले अझै लेखेका छन्, ‘सिंहको बच्चा ७ महिना भित्र बाहिर आउँनेछ ।’

दीपक कलालले राखीले विवाह गर्ने वाचा गरेका थिए भनेर दावी गरेका थिए जसका लागि उनले राखीलाई ४ करोड रुपैयाँ दिएका थिए। के यो दीपक कलालको क्रोध हो वा प्रचार स्टन्ट भन्न अलि गाह्रो छ ।