२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट: नेपाली फुटबल टिम कुवेत प्रस्थान



अ+ अ-

काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको अवे खेल खेल्न नेपाली फुटबल टिम आइतबार विहान कुवेत प्रस्थान गरेको छ ।दोस्रो चरणको छनोटका लागि नेपालले भदौ १९ गते कुवेतसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

विश्वकप फुटबलको दोस्रो चरणमा नेपाल रहेको समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपे र कुवेत छन् । नेपालले आफ्नो दोस्रो खेल चाइनिज ताइपेविरुद्ध उसैको भूमिमा भदौ २४ गते खेल्दैछ । यी देशले एक अर्काविरुद्ध होम एण्ड अवे खेल खेल्नेछन् । उत्कृष्ट टिम विश्वकप फुटबल २०२२ को छनोटको फाइनल खेल खेल्नेछ ।

नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिषेक रिजाल ।