१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक अतिक्रमण गरेर बनाइएको संरचनाहरु भत्काउँन निस्किए: मेयर चौधरी



अ+ अ-

इटहरी । इटहरीमा ब्यापारीहरुले सडक अतिक्रमण गरेको भन्दै इटहरीका मेयर द्वारिकालाल चौधरी सडक खाली गराउन तत्पर भएका छन् । इटहरीको मुख्य हाईवे सडक अतिक्रमणले कुरुप बनेको भन्दै मेयर चौधरी नगर प्रहरी र डोजर लिएर सडक अतिक्रमण गरेर बनाईएको संरचनाहरु भत्काउँन निस्किएका हुन् ।

केहि समय अघि आफ्नै घरको परखाल भत्काएर सडक शुसासनमा लागेको भन्दै मेयर चौधरीले सडक मिच्नेहरुलाई नछोड्ने चेतावनी पनि दिएका छन् । मेयर चौधरीले नगरका एक हजार घरको लिस्ट तयार पारिसकेको र अब ति सबै घरमा डोजर चल्ने बताएका छन् । नयाँ मापदण्ड अनुसार सडक १०५ फिट चौडा हुनुपर्नेमा ८२ फिट मै घर बनाइएको पनि पाइएको छ ।

इटहरीको सडक मिचेर फुटपात ब्यापार देखि ठुला ब्यापारसम्म गर्दै आएका उनीहरुलाई सडकको साडे ८२ मिटर भित्र नबस्न निर्देशन दिइसकेको छ ।