काठमाडौं । पानीको निकास हुने ठाउँ टालिएपछि काठमाडौंको ढुंगेधारामा ५० भन्दा बढी पसल डुवानमा परेको छ ।
शुक्रबार राति र शनिबार विहान ठूलो पानीको निकास बन्द हुँदा झण्डै ३ फिट पानी जमेको स्थानीय वासिन्दाले बताएका छन् । जमेको पानीले वरपरका घर, पसल र टहराहरु डुबेका हुन् ।
व्यापारी र घरधनीहरु जमेको पानी फ्याँक्न र पानीले भिजाएका सामान निकाल्दै छन् । यहाँ ठूलो पानी पर्दा हरेक वर्ष डुवान हुने गरेको छ ।