३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने



अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पछिल्लो विपद्को वास्तविक प्रकृति पहिचान गर्न सरकारले विज्ञमार्फत वैज्ञानिक अध्ययन र अनुसन्धान गराउनुपर्ने बताउनुभएको छ ।

बुधवार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो विपद् जटिल र प्राविधिक प्रकृतिको रहेकाले घटनाको वास्तविक स्वरूप पहिचान गरी त्यसको उचित नामकरण गर्न विज्ञताको आवश्यकता रहेको बताउनुभयो ।

सर्वदलीय बैठकमा सहभागी नेताहरूबीच पनि विपद्को प्रकृति पहिचानका लागि विज्ञ अध्ययन आवश्यक रहेको विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । उहाँले सरकारले विज्ञहरूको अध्ययन र सुझावका आधारमा घटनाको वास्तविक अवस्था चाँडै स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

लामिछानेले प्रधानमन्त्रीले विपद् प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद र समन्वय गरिरहेको भन्दै प्रधानमन्त्रीको सक्रियताको बचाउ गर्नुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले स्थानीय तहका प्रमुख, वडाध्यक्ष तथा प्रभावित क्षेत्रसँग प्रत्यक्ष जोडिएका जनप्रतिनिधिसँग फोन तथा प्रत्यक्ष भेटमार्फत अवस्थाबारे जानकारी लिइरहनुभएको छ ।

उहाँले विपद्का बेला स्थानीय तहसँग प्रत्यक्ष संवाद गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनु सरकारको समन्वयात्मक भूमिकाअन्तर्गत पर्ने बताउनुभयो ।

सरकार र राजनीतिक दलको भूमिकालाई विगतको अभ्याससँग तुलना नगर्न पनि लामिछानेले आग्रह गर्नुभयो । अहिले पार्टीको जिम्मेवारी पार्टीले र सरकारको जिम्मेवारी प्रधानमन्त्री नेतृत्वको सरकारले सम्हाल्ने गरी कार्यविभाजन गरिएको उहाँको भनाइ थियो ।

राजनीतिक दलका नेतृत्व सरकारका काममा प्रत्यक्ष रूपमा संलग्न हुनुपर्ने अपेक्षा र सरकारको वास्तविक कार्यजिम्मेवारी फरक रहेको उल्लेख गर्दै उहाँले संवेदनशील विषयमा आवश्यकताअनुसार प्रधानमन्त्रीले स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष समन्वय गरिरहेको बताउनुभयो ।

लामिछानेले सरकार र राजनीतिक दलको भूमिकालाई एउटै बनाउनुभन्दा आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्दै प्रभावकारी समन्वयमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले र राजनीतिक दलको जिम्मेवारी सम्बन्धित दलले निर्वाह गर्ने उहाँको भनाइ थियो ।

सर्वदलीय बैठकमा पछिल्लो विपद्को प्रकृति पहिचान, सरकारी समन्वय, राहत तथा पुनःस्थापना र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । बैठकमा विपद्सम्बन्धी विषयमा राजनीतिक तथा संसदीय तहबाट थप समन्वय र अनुगमन गर्ने विषयमा समेत छलफल भएको थियो ।