३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईभी दुर्घटना बढेको भन्दै ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्न सांसद बमको माग



अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको दर बढ्दै गएको भन्दै सरकारले ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बमले ईभी दुर्घटनालाई सवारीसाधनको कमजोरीमा मात्र सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर अध्ययन गर्नुपर्ने बताउनुभयो ।

उहाँले सवारी चालकको लापरवाही, कम उमेर तथा अनुभवहीन चालक र सार्वजनिक सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया प्रभावकारी भए–नभएको विषयमा समीक्षा गरी आवश्यकताअनुसार पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘पछिल्लो समय ईभी गाडीको दुर्घटना दर निकै बढेको देखिन्छ । तर हाम्रो प्रश्न ईभी मात्र होइन, समग्र रोड सेफ्टी सिस्टममाथि हो,’ उहाँले भन्नुभयो, ‘सवारी चालकमा चरम लापरवाही देखिन्छ । धेरै चालक कम उमेरका र अनुभवहीन छन् । सार्वजनिक सवारी चलाउन सवारी चालक अनुमति पत्र प्राप्त गर्ने प्रक्रिया कतिको वैज्ञानिक र प्रभावकारी छ भन्ने प्रश्न उठेको छ ।’

सांसद बमले दुर्घटनाको कारण अध्ययन गर्दा चालकको अनुभव, सीप र नियमन प्रणालीलाई समेत समेट्नुपर्ने बताउनुभयो । उहाँले दुर्घटनापछि सवारीसाधनलाई मात्रै दोष दिने कि चालकको अनुभव, सीप र नियमनलाई पनि हेर्ने भन्ने प्रश्न महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

ईभीको प्रविधि अन्य सवारीसाधनभन्दा फरक भएकाले यसको सुरक्षित प्रयोगबारे प्रयोगकर्तालाई पर्याप्त जानकारी दिन आवश्यक रहेको उहाँको भनाइ थियो । ईभीको ब्याट्रीको अवस्था कसरी पहिचान गर्ने, चार्जिङ गर्दा के–कस्ता सावधानी अपनाउने, दुर्घटना भएपछि के गर्ने तथा समस्याका प्रारम्भिक संकेत कसरी पहिचान गर्ने भन्ने विषयमा प्रयोगकर्तालाई शिक्षा दिनुपर्ने उहाँले बताउनुभयो ।

सांसद बमले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक तथा प्राविधिक विज्ञलाई सहभागी गराएर सरल नेपाली भाषामा ईभी सुरक्षा निर्देशिका तयार गर्नुपर्ने माग पनि गर्नुभयो । सरकारले त्यस्तो निर्देशिकासहित ‘ईभी सेफ्टी एजुकेसन’ कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।